संखुवासभाको मकालु क्षेत्रमा हिमपात, जनजीवन प्रभावित
सौर्य अनलाइन२०८१ पुष २४ गते ११:१५ मा प्रकाशित
संखुवासभाको चैनपुर नगरपालिका– १ मा करिब दुई हजार ९ सय मिटर उचाइस्थित गुफापोखरीमा हिमपातपछि सेताम्मे आसपासको क्षेत्र । जिल्लाको गुफा, मंगलबारे, किमाथांकालगायत माथिल्लो भेगमा मंगलबार रातिदेखि हिमपात भएको छ ।– तस्विर रासस
संखुवासभा । जिल्लाको माथिल्लो क्षेत्रमा वर्षा र हिमपातहुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए ।
उनका अनुसार गुफापोखरी, मंगलबारे, किमाथांका र मकालुलगायतमा गएरातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।
अहिले पनि सो क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ ।

प्रतिक्रिया