नायक सुमन अस्पताल भर्ना

Suman-Shingकाठमाडौं : अभिनेता सुमन सिंह अस्पताल भर्ना भएका छन् । शारीरिक समस्या देखापरेपछि उनी मंगलबार अस्पताल भर्ना भएका हुन् । अचानक मुटुको समस्या देखापरेका कारण सिंहलाई सहिद गंगालाल अस्पताल बाँसबारीमा भर्ना गरिएको हो ।
मंगलबार मात्र भारतको भ्रमणबाट फर्किएका सिंहको स्वास्थ्यमा अचानक समस्या देखापरेपछि उनलाई दाइले तत्कालै अस्पताल लगेको परिवार स्रोतले बताएको छ । अली गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका सुमनको हाल अवस्था सामान्य रहेको छ ।
गंगालाल अस्पतालमा भर्ना भएका सुमनको अवस्था अहिले सुध्रिए पनि अझ केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अस्पताल स्रोतले बताएको छ । भारतबाट फर्किंदै गर्दा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै उनको स्वस्थ्यमा अचानक समस्या देखा परेको थियो । (सौस)

प्रतिक्रिया