काठमाडौँ । इजरायली ससंद्ले यस वर्षको बजेट तथा नयाँ आर्थिक ऐन पास गरेको छ । तर, बजेट पास गर्ने क्रममा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले भने धेरै संकटको सामना गरे । प्रोस्टेटको शल्यक्रियापछि अस्पतालको बेडमै रहेका नेतान्याहू मंगलबार अस्पतालबाटै संसद्मा आएर मतदानमा सहभागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अहिले इजरायलमा नेतान्याहू नेतृत्वको दक्षिणपन्थी गठबन्धनमा रहेको ओटजामा यहुदित पार्टी र आन्तरिक सुरक्षामन्त्री इतमार बेन गिभिरले पनि बजेटको विपक्षमा आफूलाई प्रस्तुत गरे । तर पनि १२० सदस्यीय संसद्मा ५९ मत प्राप्त गर्दै बजेट पास भयो । विपक्षमा ५८ मत खसेको थियो ।
अदसा अस्पतालमा भर्ना गरिएका नेतान्याहु २ दिन अस्पतालमै रहने तालिका थियो । उनलाई चिकित्सकहरूले जान नमिल्ने भने पनि उनी अस्पतालबाट आएर मतदानमा सहभागी भएका हुन् । मतदान सकिएपछि उनी फेरि अस्पतालमै गएर बसेका छन् ।
पछिल्लो १५ महिनायता इजरायल युद्धको सामना गरिरहेको छ । ७ अक्टोबर, २०२३ मा हमासले इजरायलमा गरेको आक्रमणपछि इजरायलले पनि प्रतिकार गरेको थियो । यस क्रममा इजरायलले बारम्बर युद्धमा सफलता त पाएको छ । तर, देशको अर्थतन्त्रमा युद्धले ठुलो धक्का लागेको छ । यसैकारण यसलाई पूर्ति गर्ने योजनासहित ल्याइएको बजेटमा धेरै सत्तारुढहरूले पनि असहमति जनाएका हुन् ।
यसलाई ‘ट्याप्ट प्रोफिट’को संज्ञा दिइएको छ । राज्य नाफामा गएको देखाउन भ्रष्टाचार लुकाइएको आरोपसमेत लाग्न थालेको छ । भ्रष्टाचार मौलाउनुका साथै सरकारले सेयर होल्डरहरूलाई लाभांश नदिनु पनि अर्को समस्या बनेको छ ।
प्रतिक्रिया