रुकुमपश्चिम । भेरी नदीको किनारैकिनार रहेको सडक हो, भेरी करिडोर । यो करिडोर निर्माण गर्ने सरकारी योजना पुरानै भए पनि अझैसम्म पूर्णता पाउन सकेको छैन् । यो करिडोरले तराईको फाँटदेखि, पहाड र हिमाली जिल्ला हुँदै चीनसँग जोडेको छ । भारतदेखि चीनसम्म जोड्ने र बीचमा विभिन्न सहरहरू पर्ने भएकाले यसलाई थप महत्वका साथ लिइएको छ । झण्डै ३१७ किलोमिटरको हुने यो करिडोर बाँके जिल्लाबाट सुरु भएर डोल्पा हुँदै चीनको सिमानामा गएर जोडिन्छ । भारत, नेपाल र चीनलाई जोड्ने हुँदा यसलाई त्रिदेशीय राजमार्गका रूपमा हेरिन्छ ।
२०७५ मंसिरमा डोल्पाको त्रिपुराकोटमा भव्य कार्यक्रमसहित उद्घाटन गरेको यो आयोजना अझै सम्पन्न भएको छैन् । सुर्खेतको छिन्चुदेखि जाजरकोटको रिम्नासम्म १२२ किलोमिटर सडक कालोपत्रे भएको छ । रिम्नादेखि रुकुमपश्चिमको चिसापानीसम्म ११ किलोमिटर सडक कालोपत्रे भएको छ, भने चिसापानीदेखि तल्लुसम्मको सडक धमाधम कालोपत्रे भइरहेको छ ।
भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुनिल रन्जिकारका अनुसार तल्लुबगरदेखि डोल्पाको दुनैसम्म ६२ किलोमिटर सडक ९७ करोड रुपैयाँको बजेटमा जाजरकोटको रिम्नादेखी तल्लुसम्म कालोपत्रेको काम भइरहेको छ । उनका अनुसार उक्त सडकको ४० किलोमिटर दुरी रहेकोमा झण्डै १६ किलोमिटर कालोपत्रे भइसकेको र बाँकी सडक कालोपत्रे भरहेको छ ।
त्रिदेशीय सञ्जालमा बन्ने करिडोर बाँकेको जमुनाह सीमाबाट सुरु भएर बाँके, बर्दिया, सुर्खेत, सल्यान, जाजरकोट, रुकुमपश्चिम र डोल्पालाई जोड्ने यो सडक डोल्पाको धो तिन्जे हुँदै चिनको सिमाना गएर टुंगिन्छ । करिडोरभित्र थुप्रै पर्यटकीय स्थलहरू पर्छन् । आफ्नै विशेषता, सम्भावना, चुनौती र अवसरहरू बोकेको यो करिडोरमा भेरी उपत्यका प्रसिद्ध बनगाड ज्यूला, सिम्ता कुदुटार, चौरजहारी उपत्यका, रिम्ना दोभान, आठबिसकोटको राडीज्युला, गोतामकोट र त्रिपुराकोट, दुनैहुँदै उपल्लो डोल्पा पर्यटकीय क्षेत्र जान्छ । यो क्षेत्रमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, कृषि उत्पादन, होटल व्यवसायलाई निरन्तरता दिइरहँदा भेरी करिडोरले कर्णालीलाई समृद्ध पार्नेछ । यो करिडोर पश्चिम नेपालको भेरी नदी क्षेत्रलाई केन्द्रित गर्दै तयार पारिएको पूर्वाधार परियोजनाले यातायात, ऊर्जा, र आर्थिक गतिविधिलाई प्रवद्र्धन गर्ने छ ।
पछिल्लो समय सहरका रूपमा विकास भइरहेको रुकुम पश्चिमको आठबिसकोट नगरपालिका पहाडी जिल्लाको सहर बन्दै गएको छ । आजभन्दा १० वर्ष पहिले सुनसान र शान्त राडीबजार अहिले मुख्य व्यापारिक केन्द्रका रूपमा विकसित भइरहेको छ । डोल्पा जाजरकोट र रुकुम पश्चिमका लागि यो क्षेत्र प्रमुख व्यापारिक केन्द्रका साथै मुख्य पर्यटकीय स्थलका लागि रूपमा रहेको छ । सडक सञ्जाल, विद्युत् तथा भौतिक पूर्वाधारले जोडिएपछि १० वर्ष पहिलेको राडीबजार अहिले विकसित बजारका रूपमा रहेको छ । विगतकालको राडीबजारलाई तुलनात्म रूपमा हेर्ने हो भने यस क्षेत्रको उत्पादनलाई करिडोरले जोडिएका मुलुकसँग लैजान सकेमा जनताको जीवनस्तरमा प्रत्यक्ष सघाउ पु¥याउनेछ र जीवनशैली पनी बदल्नेछ ।
सडक मार्ग पुगेसँगै अहिले राडीबजारको स्वरूप फेरिएको छ । १० वर्ष पहिले फाट्टफुट्ट रहेका पसलहरू अहिले हजारको संख्यामा छन्, भने ५०० हाराहारीमा साना ठुला होटल छन् । १४ वटा वडा रहेको आठबिसकोट नगरपालिकामा झण्डै ४०० किलोमिटर सडक विस्तार भएको छ । विकासले लिएको गतिसँगै बजारको स्वरूप र सुन्दरता बढ्दै गएको छ । भेरी करिडोरले बोकेको प्रचूर सम्भावना नै पहाडी जिल्लाको रहनसहन तथा भेषभूषा हो । जसले स्वदेशी–विदेशी पर्यटक, व्यापारीलाई आकर्षित गर्नेछ ।
भेरी करिडोर परियोजनाले पूर्णता पायो भने आठबिसकोटले अबको १० वर्षमा दुर्गम र पिछडिएको क्षेत्रबाट विकसित, आर्थिक रूपमा सबल र सुविधायुक्त नगरपालिकाका रूपमा आफूलाई चिनाउनेछ । भेरी करिडोरले आठबिसकोट नगरपालिकामा आर्थिक, सामाजिक, र भौतिक विकासका लागि धेरै फाइदा पु¥याउन सक्छ । यो करिडोरले स्थानीयस्तरमा पहुँच वृद्धि गर्दै क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान गर्नेछ । तुलनात्मक रूपमा विकाससँगै सुधार देखिए पनि आठबिसकोटमा अझै पनि शिक्षा, स्वास्थ्य सेवाको गुणस्तर सुधार र युवा पलायनलाई रोक्ने प्रयास र रोजगारीको सिर्जना मुख्य चुनौती रहेका छन् । यी सुधारमा निरन्तरता रहेमा आठबिसकोट अबको १० वर्ष पछि थप समृद्ध र सुविधायुक्त बन्ने छ ।
भेरी करिडोरले आठबिसकोट नगरपालिकालाई आर्थिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्नेछ । कृषि, पर्यटन, उद्योग र सेवाका क्षेत्रमा फाइदा पु¥याउँदै यसले आठबिसकोटलाई कर्णाली क्षेत्रकै मुख्य आर्थिक र सामाजिक विकासको हब बन्ने छ । भेरी करिडोरले आठबिसकोट नगरपालिकामा आर्थिक, सामाजिक, र भौतिक विकासका लागि धेरै फाइदा पु¥याउन सक्छ । यो करिडोरले स्थानीयस्तरमा पहुँच वृद्धि गर्दै क्षेत्रको समग्र विकासमा महत्वपूर्ण योगदान गर्नेछ ।
रुकुम पश्चिम
प्रतिक्रिया