मुगु । नेपाल पत्रकार महासंघ मुगु शाखाले जिल्लामा कृयाशिल २ अग्रज पत्रकारलाइ सम्मान गरेको छ । पत्रकार महासंघ मुगुकाे नवनिर्वाचित कार्यसमितिकाे प्रथम बैठकले मुगुमा लामो समयदेखि कृयाशिल तथा पत्रकार महासंघ मुगुका संस्थापक अध्यक्ष विनोदकुमार मल्ल र निवर्तमान अध्यक्ष नृपेन्द्र बहादुर मल्ललाइ सम्मान गरेको हो ।
पत्रकार विनोदकुमार मल्ल रेडियो नेपालकाे मुगु समाचारदातामा रहि विगत २६ वर्षदेखि जिल्लामा कृयाशिल छन् । पत्रकार नृपेन्द्रबहादुर मल्ल विगत २१ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस), हाम्रा कुरा डटकम, हिमालय टाइम्स, गोरखापत्र दैनिक र राजधानी दैनिकमा आवद्ध हुँदै मुगु जिल्लामा पत्रकारिता गर्दै आएका छन् ।
२०६२ सालमा नेपाल पत्रकार महासङ्ग मुगु तदर्थ समिति गठन हुँदा सस्थापक अध्यक्ष रहेका विनोदकुमार मल्ललाई मुगु शाखाको पहिलो बैठकले महासंघको जग बसालेकाे, दुर्गम पत्रकारिता सिकाएको भन्दै मुगु जिल्लाकै वरिष्ठ पत्रकारको उपाधी दिने र सम्मान गर्ने निर्णय गरिएकाे छ ।
पत्रकार नृपेन्द्रबहादुर मल्ललाई मुगु शाखाको आजसम्मको इतिहासमा २ कार्यकाल अध्यक्ष भएको र दुवै कार्यकाल अवधिभर कुशल, समावेशी र समन्वयात्मक भुमिका निर्वाह गरि मुगु शाखा र मुगुमा कृयाशिल पत्रकारको शिर उचो बनाउन योगदान गरेको भन्दै सम्मान गरिएको हाे ।
सम्मानित हुने दुवैजना अग्रज पत्रकारहरुलाइ पत्रकार महासंघ मुगु शाखाका अध्यक्ष अचुत राज भन्डारीले सम्मान पत्र सहित सम्मान गरे । मुगु शाखाका निवर्तमान उपाध्यक्ष सुमित्रा रावल र केन्द्रीय परिषद प्रतिनिधि विमल हमाल नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सदस्यमा निर्वाचित भएकोमा दुबै जनालाइ बधाइ समेत दिइएको थियो ।
मुगु
प्रतिक्रिया