टिकटक बनाउने क्रममा २ जनाको मृत्यु

तेह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा २ जनाको मुत्यु भएको छ । शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो ।

विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरू शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । खोला किनारमा टिकटक बनाउने क्रममा चिप्लिएर लडेका उनीहरूलाई खोलाले बगाएको थियो । खोलामा बगेका उनीहरूको शव साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय प्रमुख चिनिमाया तामाङले जानकारी दिइन् । शव मृतकका परिवारलाई आज आइतबार मात्र हस्तान्तरण गरिने बताइएको छ ।

प्रतिक्रिया