मुगु । चिसोले कष्टकर जीवन बिताइरहेका मुगुका लापुको दलित वस्तीका नागरिक र व्द्यिार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । काठमाडौँ नागार्जुन नगरपालिका–१० साविकको स्युचाटारका समाजसेवी शिवकुमार पन्तको सहयोगमा र मुगु सौर्यकर्मी नन्दबहादुर रोकायाको समन्वयमा न्यानो कपडा वितरण गरिएको हो । मुगुम कार्मारोङ गाउँपालिकाका–९ नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायल र छायानाथ रारा नगरपालिका–१३ लापुका दलित वस्तीसँगै नमुना आधारभुत बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा, स्टेशनरी सामाग्री सहयोग गरिएको हो ।
फजुर्ल खर्चको बचतले मुगु जिल्लाको एक दलित वस्ती र दुई विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ । फजुल खर्च नगरी त्यो पैसा वचत गरेर समाजसेवी शिवकुमार पन्तले मंगलबार मुगुम कार्मारोङ गाउँपालिकाका–९ नेपाल राष्ट्रिय आधारभुत बिद्यालय छायलमा पुगी १ सय २८ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरणसँगै छायानाथ रारा नगरपालिका–१३ लापु दलित वस्ती र लापुमा रहेको नमुना आधारभुत विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई न्यानो कपडा सहयोग प्रदान गरेका हुन ।
समाजसेवी पन्तले भने, ‘लापु गाउँ दलित वस्तीको पीडादायक अवस्था र चिसोबाट मुगुका विद्यार्थीहरुको पठनपाठनमा समस्या भएको सञ्चारमाध्यमा आएपछि त्यसैअनुसार म र वैदेशिक रोजगारमा रहेका केही साथीको सहयोगमा लापु गाउँको दलित वस्तीमा र नेपाल राष्ट्रिय आधारभुत वद्यिालय छायल, नमुना आधारभुत बिद्यालयमा लापुमा न्यानो कपडा स्टेशनरी साम्रगी सहयोग गरेका हौँ ।’
उनले आफ्नो प्रमुख नेतृत्वमा अन्य मनकारी साथीहरुले पनि सहयोग गरेका बताए । उनले भने, ‘स्व हजुरबुबा पहलमान पन्तको सम्झना तथा आशिर्वादले विकट दलित वस्तीमा र विद्यालयहरुमा सहयोग गर्न पाउँदा खुसी छु । विगतका धेरै वर्षदेखि देशका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको छु ।’
यस अघि पनि मुगुको लापु वस्तीमा पनि सहयोग गरेको बताउदै समाजसेवी पन्तले यो पटक पत्रकार नन्दबहादुर रोकायाको समन्वयमा नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायलमा १ सय २८ जना विद्यार्थी र नमुना आधारभुत विद्यालय लापुमा ३० जना विद्यार्थी र लापु गाउँमा ३० घरधुरीलाई कम्बल वितरण गरी सहयोग गरेको जानकारी दिए ।
यो सहयोग अन्य ठाउँको भन्दा महत्वपूर्ण सहयोग भएको बताए । अझै विकटमा निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत पन्तले गरे । यसैबीच आर्थिक अवस्था कमजोरका कारण जाडोबाट बच्ने लुगा कपडा किन्न नसक्ने लापुवासी न्यानो कपडा पाउँदा अत्यन्तै हर्षित भएका छन् । जाडोको सिजन सुरु भएको छ । लत्ताकपडा किन्ने पैसा थिएन मनकारी भावना बोकेका शिवप्रसाद पन्त लगायतको टोलीले सहयोग गरेकोमा धन्यवाद दिँदै स्थानीयले भगवान् आएको अनुभूति गरेका स्थानीय गोरा विकले बताए ।
नेपाल राष्ट्रिय आधारभुत विद्यालय छायलका प्रधानध्यापक विकास भामका अनुसार जाडो मौसममा बिहान घाम ढिलो लाग्ने र छिटै अस्ताउने भएको कारण विद्यार्थीहरुको पठनपाठनमा समस्या भएको थियो । न्यानो कपडा प्राप्त संथै चिसो छल्न सहज हुने उनले बताए ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु चिसो मौसमा समस्यामा थिए अबका दिनमा सहज हुने प्रधानध्यापक भामले बताए । चिसो मौसमा न्यानो कपडा पाएसँगै चिसो छल्न सहज हुने भन्दै छायल र लापुका विद्यार्थी खुसी भएका छन् ।
मुगु
प्रतिक्रिया