प्रारम्भिक बालविकास शिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

कालिकोट । प्रारम्भिक सिकाई तथा विकास मापदण्डमा आधारित प्रारम्भिक बालविकास शिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । यही मंसिर १९ गतदेखि सञ्चालन भएको तालिम शुक्रबार (आज) सम्पन्न भएको हो । खाँडाचक्र नगरपालिकाका १५ जना प्रारम्भिक बालविकास शिक्षकहरुलाई तालिम दिइएको छ ।

समाज जागरण केन्द्र स्याक नेपालका शिक्षा अधिकृत परेकलाल बुढाले तालिमको महत्वबारे जानकारी दिँदै प्रारम्भिक बालविकास शिक्षकलाई बालविकास रणनीति र न्यूनतम मापदण्डसम्बन्धी क्षमता अभिवृद्धि गर्ने तालिमको उद्येश्य रहेको बताए ।

खाँडाचक्र नगरपालिकाको समन्वय, सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहजिकरणमा कार्यक्रम भएको हो । तालिममा सहभागी शिक्षकहरुले तालिमममा सिकेका कुराहरु विद्यालयमा गएर लागू गर्ने बताएका छन् ।

खाँडाचक्र नगरपालिका– ८ का वडा अध्यक्ष नन्दबहादुर मल्लको अध्यक्षता, कृषि शाखा प्रमुख पर्शुराम काफ्लेको प्रमु्ख आतिथ्यता तथा शिक्षा शाखा प्रमुख जसिप्रसाद चौलागाँईको विशेष आतिथ्यतामा तालिम सम्पन्न भएको हो । तालिममा अथितिहरुले १० दिने तालिममा सिकेका सिप, ज्ञानहरु विद्यालयमा गएर लागू गर्नुपर्नेमा जोड दिएका छन् ।

समापन कार्यक्रममा खाँडाचक्र नगरपालिका शिक्षा सम्पर्क व्यक्ति खड्कबहादुर शाही, बालविकास संयोजक मिसीरा शाही लगाएत जिल्लास्थित पत्रकारहरुको उपस्थित रहेको थियो । १० दिने तालिमको प्रशिक्षण राधा मल्लले गरेकी हुन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया