कालिकोटमा भारी वर्षासहित हिमपात सुरु

कालिकोट । कालिकोटमा भारी वर्षासहित हिमपात सुरु भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै सोमबार दिउँसोबाट भारी वर्षासहित हिमपात सुरु भएको हो ।

वर्षासहित हिमपात सुरु भएपछि किसानहरु हर्षित देखिएका छन् । हिउँदे बालीहरु पानी विना सुक्दै जाने क्रममा थियो । तर वर्षा सुरु भएपछि किसानहरुमा केही आशा पलाएको खाँडाचक्र– ५ निवासी गोरखबहादुर कार्कीले बताए ।

कालिकोटवासीले हिमपातपछि मौसम ठिक हुने र खेती सप्रिने विश्वास समेत राखेका छन् । हिमपातले गहुँ, जौलगायत अन्य हिउँदे खेतीलाई राम्रो हुने भन्दै जिल्लाका किसान खुसी देखिएका छन् ।

हिमपातपछि सदरमुकाम मान्म र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने कालिकोटको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया