पाँचथर । फिदिममा सम्पन्न अधिवेशनले पाँचथर क्याम्पसम सञ्चालक समितिका अध्यक्ष शुभराज थापा पब्लिक क्याम्पस संघको अध्यक्ष चयन भएका छन् । अधिवेशन पाँचथर र ताप्लेजुङका क्याम्पसहरुबीच भएको भेलाले थापालाई अध्यक्षमा सर्वसहमतिले चयन गरेको हो ।
पाँचथर बहुमुखी क्याम्पसमा शनिबार अधिवेशन सम्पन्न भएको हो । त्यसैगरी समिति उपाध्यक्षमा जयबहादुर चेम्जोङ, भूपाल अधिकारी, अनिल मुखिया, सचिवमा विपिन कार्की, सहसचिवमा वेदनिधि पौडेल र कोषाध्यक्षमा तिलबहादुर खवास चयन भएका छन् ।
सदस्यहरुमा रत्न ढुंगाना, सरस्वती राई, गजेन्द्र तुम्याहाङ, तीर्थराज मिश्र, दिलन रेग्मी, दुर्गाप्रसाद बराल, हिमप्रसाद सुवेदी, अनन्तकुमार साँवा रहेका छन् । इलाम, पाँचथर र ताप्लेजुङका पब्लिक क्याम्पसको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मीप्रसाद ढुंगानाबाट सञ्चालन भएको कार्यक्रम मंगलबारे बहुमुखी क्याम्पस इलामका सञ्चालक समितिका अध्यक्ष तथा अधिवेशन तयारी समितिका संयोजक मेघप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताले प्रमुख आतिथिको रुपमा नवनिर्वाचित समितिलाई कार्यकाल सफलताको शुभकामना दिए । कार्यक्रममा त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशी समेतको उपस्थिति थियो ।
प्रतिनिधिको रूपमा ३ जिल्लाबाट उपस्थित ९ वटा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष, क्याम्पस प्रमुख तथा प्राध्यापक संघ सभापतिहरुको भेलाले समिति चयन गरेको हो । प्रतिबद्धता मन्तब्य राख्दै नवनिर्वाचित अध्यक्ष थापाले पब्लिक क्याम्पसको गुणस्तर सुधारमा समिति क्रियासील रहने बताए ।
प्रतिक्रिया