पाँचथर । राष्ट्रिय युवा संघ पाँचथरले जिल्ला अधिवेशनको तयारी गरेको छ । मंगलबार केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा जिल्लाको तेस्रो बैठकले अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा पाँचथर इञ्चार्ज कमल थपलियाले जानकारी दिए ।
जिल्लाको तेस्रो पूर्ण बैठकले ८ वटा पालिकामध्ये एक नगरपालिकासहित ४ वटा पालिकामा मंसिर मसान्तसम्म र जिल्ला अधिवेशन पुस मसान्तसम्म गरिसक्ने निर्देशनात्मकसहित अध्यक्ष थेबेले शुभकामना दिएको जनाइएको छ । बैठक जिल्ला अध्यक्ष मदन लावतीको अध्यक्षमा सकिएको हो ।
प्रतिक्रिया