त्यसो त ट्रम्प नै सबैभन्दा विवादित व्यक्ति हुन् । सन् १९९६ मै लेखिका जियान कारोलमाथि दुव्र्यवहारको आरोप लागेका उनलाई सञ्चार क्षेत्र, मोडल र अन्य सामाजिक क्षेत्रका व्यक्तिबाट दुव्र्यवहारको आरोप लाग्दै आएको छ
२० जनवरीका दिन डोनाल्ड ट्रम्प नयाँ राष्ट्रपतिका रूपमा ह्वाइट हाउस प्रवेश गर्नेछन् । यसअघि नै आफ्नो कामलाई गतिशील बनाउने सोचसहित सबैजसो मुख्य पदमा मनोनयन गर्न भ्याएका ट्रम्प सुरुमै विवादको घेरामा परेका छन् । उनले चयन गरेका महान्यायाधिवक्ता मार्क गेयट्जले सो पदमा नरहने निर्णय गरेपछि उनको स्थानमा पाम बोयन्डीलाई चयन गरेका छन् ।
गेयट्जमाथि यौन दुव्र्यवहार, अवैध औषधि व्यापारलगायत अनेकौँ अभियोग लागेको छ । संसद् र अमेरिकी सञ्चार क्षेत्रमा उनको विरुद्धमा आवाज उठेको थियो । गेयट्जले यी सबै आरोप अस्वीकार गरे पनि लगातारको दबाबका कारण पदमा नरहने निर्णय गरेका हुन् । आफ्नो कारणले ट्रम्प असफल हुने सम्भावना बढेका कारण पूर्वसांसद रहेका उनले महान्यायाधिवक्ताको पद त्यागेको बताएका हुन् ।
अमेरिकाको इतिहासमा राष्ट्रपतिले चयन गरेको व्यक्ति संसद्ले अस्वीकार गरेको विरलै घटना छन् । गेयट्जभन्दा अघि यस किसिमका घटना २८ पटक भएका थिए । अहिले ट्रम्पलाई अर्को समस्या पनि परेको छ । उनले रक्षामन्त्री चयन गरेका पिट हेगसेथ पनि सन् २०१७ देखि नै यौन दुव्र्यवहारको आरोप लागेको छ । हेगस्टेथले समेत सो आरोप अस्वीकार गरेका थिए ।
ट्रम्पले नियुक्त गरेकी बोन्डी यसअघि पनि फ्लोरिडा राज्यको महान्यायाधिवक्ताका रूपमा लामो समय सक्रिय व्यक्ति हुन् । न्युयोर्कमा भएको ट्रम्पविरुद्धका थुप्रै मुद्दामा पनि बोन्डीले नै साथ दिएकी थिइन् । बोन्डी लामो समयदेखि ट्रम्पको मुख्य कार्यकारीका रूपमा रहँदै आएकी थिइन् । सन् २०२० को निर्वाचनमा पराजित भएपछि ट्रम्पले निर्वाचन परिणाम नै अस्वीकार गरेका थिए । सो समयमा पनि बोन्डीले ट्रम्पलाई दरिलो साथ दिएकी थिइन् ।
उनले पछिल्लो समय ट्रम्पको औषधि अपराधसम्बन्धी कमिसनमा रहेर पनि काम गरेकी थिइन् । ट्रम्पका पुराना कर्मचारीहरूले गठन गरेको थिंक टयांक फस्र्ट पोलिसी इन्सटिच्युटमा उनले कानुनी विषय हेर्ने गरेकी थिइन् । उनले १ लाख १५ हजार कर्मचारीको नेतृत्व गर्ने गरी त्यहाँको न्याय क्षेत्रको नेतृत्व गर्ने पक्का भएको छ ।
ट्रम्पले कार्यकाल सुरु गरेपछि उनका विरोधीहरूलाई कानुनी रूपले तह लगाउने काममा समेत उनको भूमिका हुनेछ । उनले यसअघि बारम्बार ट्रम्पमाथि आरोप लगाउनेको आलोचना गर्दै आएकी छिन् । ट्रम्पको कोर टिमले बोन्डीको मनोनयन हेयट्जको जस्तो विवादास्पद नहुने विश्वास व्यक्त गरेको छ । रिपब्लिकनका सिनेटर लिन्ड्से ग्राह्मले बोन्डीको मनोनयन एकदमै महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
नयाँ घोषित महान्यायाधिवक्ता बोन्डी गएको २० वर्षदेखि अपराध नियन्त्रणको काममा सक्रिय रहेको ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । बोन्डी यसअघि पनि ट्रम्प प्रशासनमा संलग्न भएर काम गरिसकेकी कानुनकी जानकार रहेको पनि उनले बताएका छन् ।
यस्तै, रक्षामन्त्रीमा नियुक्त भएका पिट हेगसेथ त ७ वर्षअघि नै यौन दुव्र्यवहारको मामलामा आलोचित व्यक्ति हुन् । उनले पनि आफूमाथि लागेको आरोप अस्वीकार गरिरहेका छन् । यसै गरी शिक्षा विभागको जिम्मेवारी पाएका लिन्डा म्याक मोहनमाथि पनि धेरै वर्षअघि नै बालबालिकामाथि यौन दुव्र्यवहार गरेको अरोप छ । सन् १९८० को दशकको सुरुमै उनीमाथि यो आरोप लागेको हो ।
यसै किसिमको आरोप ट्रम्पले स्वास्थ्यको जिम्मेवारी दिएका रोबर्ट एफ केनेडी जुनियरमाथि पनि छ । सन् १९८८ र १९९९ को बीचमा आफ्नै सहकर्मीमाथि दुव्र्यवहार गरेको आरोप उनीमाथि छ । यसरी मनोनयन भएका हरेक व्यक्ति विवादमा पर्नु कुनै पनि प्रशासनका लागि राम्रो होइन । त्यसो त यौन दुव्र्यवहार र अन्य धेरै कानुनी विषयमा ट्रम्प नै सबैभन्दा धेरै विवादित व्यक्ति हुन् ।
ट्रम्पमाथि सन् १९९६ मै लेखिका जियान कारोलमाथि दुव्र्यवहारको आरोप लागेको थियो । सन् २०१६ को निर्वाचनअघि हलिउड टेपका रूपमा एउटा टेप बाहिर आएको थियो । सो विवादास्पद टेपका बाबजुद ट्रम्पले निर्वाचनमा जित हात पारेका थिए । सञ्चार क्षेत्र, मोडल र अन्य सामाजिक क्षेत्रका व्यक्तिबाट बारम्बार यस्ता आरोपका बाबजदु राजनीतिमा सफल हुनु ट्रम्पका लागि पक्कै महत्वपूर्ण हो ।
अहिले हेगसेथको भविष्य पनि अनिश्चित छ । उनले पनि बारम्बार संसद्लाई बयान दिइरहेका छन् । त्यसो त पूर्वडेमोक््रयाट नेतृ तुल्सी गावार्डलाई राष्ट्रिय अनुसन्धानको निर्देशक चयन गर्ने निर्णय पनि त्यत्तिकै विवादित बनेको छ । यस्तै, गत साता नै भ्याक्सिनमा विश्वास नगर्ने रोबर्ट एफ केनेडी जुनियरलाई डोनाल्ड ट्रम्पले स्वास्थ्यमन्त्री चयन गरेका थिए ।
ट्रम्पद्वारा जारी विज्ञप्तिमा हानिकारक विषादी, प्रदूषण तथा गलत खाद्य प्रशोधनबाट जोगाउने महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताइएको थियो । केनेडीले अमेरिकालाई स्वस्थ मानिसहरूको देशका रूपमा स्थापित गराउनु आफ्नो दायित्व भएको बताएका थिए । गत साता राष्ट्रपति पदमा निर्वाचित भएयता ट्रम्पले आफ्नो मुख्य टिम चयन गरिरहेका छन् । परन्तु केनेडीको विवादास्पद विगतले यी कुरा सम्भव नठान्ने अमेरिकीहरूको जमात पनि धेरै छ ।
मार्को रुबियोलाई विदेशमन्त्रीको महत्वपूर्ण जिम्मेवारी सुम्पिएका उनले तुल्सी गावार्डलाई राष्ट्रिय गुप्तचर निर्देशकका रूपमा चयन गरेका छन् । विगतमा डेमोक््रयाट पार्टीमा झुकाव राख्ने गावार्डले यस पटकको निर्वाचनमा ट्रम्पलाई साथ दिएकी थिइन् । ट्रम्पले भेट्रान अफेयर्सका लागि जर्जियाका कंग्रेस सदस्य डाउग कोलिन्सलाई चयन गरे । कोलिन्स विगतमा अमेरिकी हवाई सेनामा रहेर इराकमा काम गरेका थिए ।
सोही समयमा ट्रम्पले डिन जोन सियोरलाई सर्वोच्च अदालतको सबैभन्दा ठुलो अधिवक्ताको रूपमा चयन गरेका छन् । यसअघि उनी मिसाउरीको सरकारी वकिलको कार्यालयमा कार्यरत थिए । उनले यस वर्षको सुरुआतमै ट्रम्पको मुद्दा हेरेका थिए । न्युयोर्कको सिभिल फ्रड केसको वकालत पनि ट्रम्पको तर्फबाट उनले नै गरेका थिए । न्युयोर्कमा यस वर्षको सुरुआतमा भएको ट्रम्पविरुद्धको सुनुवाइमा उनले नै वकालत गरेका थिए ।
यस्तै, युएस सेक्युरिटिज तथा एक्सचेन्ज कमिसनका लागि ट्रम्पले जाय क्लायटनलाई चयन गरेका छन् । निर्वाचनमा जित हात पारेपछि ट्रम्पले लगातार आफ्ना सहयात्री चयन गरिसकेका छन् । पूर्वइमिग्रेसन तथा कस्टम (आइसिई) निर्देशक टम होम्यनालाई सीमाको जिम्मा यसअघि नै दिइसकिएको छ । पूर्वविधायक जी जेल्डिनलाई युएस इन्भायरमेन्ट प्रोजेक्ट एजेन्सीको जिम्मेवारी दिएका छन् । जेल्डिनले पनि यसलाई स्वीकार गरिसकेका छन् ।
मनोनयमा ३ महिलाले पाएको प्राथमिकता
अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका महत्वपूर्ण पदमा नियुक्ति गर्ने क्रममा चुनावी अभियानकी वरिष्ठ सल्लाहकार सुजी वाइल्सलाई ‘चिफ अफ स्टाफ’ नियुक्त गरे । चुनावी अभियानमा वाइल्सले निभाएको भूमिकाको ट्रम्पले आफू निर्वाचित भएपछिको पहिलो भाषणमा प्रशंसा गरेका थिए ।
उनले राजनीति सुरु गरेको १ वर्ष पनि नपुग्दै सन् १९८० को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार रोनाल्ड रेगनको चुनावी अभियानमा काम गरेकी थिइन् । सन् २०१० मा उनले राजनीतिबारे निकै कम जानकार रहेका अमेरिकी तत्कालीन व्यवसायी रिक स्कटलाई ७ महिनामै फ्लोरिडाको गभर्नर बनाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।
ट्रम्पसँग उनको भेट सन् २०१५ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार चयन गर्ने प्रक्रियाका क्रममा भएको हो । सो समयमा उनी फ्लोरिडाको चुनावी अभियानको सहअध्यक्ष भइन् । ट्रम्पले सन् २०१६ मा उक्त राज्यमा हिलारी क्लिन्टनभन्दा १.६ प्रतिशत धेरै मत ल्याएका थिए । आफू गभर्नरको उम्मेदवार हुँदा वाइल्सलाई आफ्नो अभियानको नेतृत्व दिएका फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले उनको प्रशंसा गर्दै वाइल्सलाई यो ‘कामका लागि सबैभन्दा उत्कृष्ट’ भनेका थिए । गाबार्ड, वाइल्स र बोन्डीको चयनले अमेरिकी प्रशासनमा महिलाहरूको उपस्थिति महत्वपूर्ण भने भएको छ ।
प्रतिक्रिया