काठमाडौँ । म्युजिक भिडियोकी मोडल प्रतिक्षा काफ्लेले अभिनय गरेको गीतको भिडियो ‘तिम्रो जस्तो हैसियत’ बजारमा आएको छ ।
दर्जनौँ म्युजिक भिडियो र्याम्प टिभिसी केही टेली चलचित्रहरूमा समेत अभिनय गरिसकेकी काफ्लेले यस गीतको भिडियोमा माया प्रेममा आउने विभिन्न परिस्थितिहरूलाई कलात्मक ढंगले प्रस्तुत गरिएको बताइन् ।
प्रमोद खरेलको आवाजमा रहेको उक्त गीतमा प्रतिक्षा काफ्ले, भद्र वली लगायतका कलाकारको अभिनय रहेको छ । त्यसैगरी भागिराम केसीको शब्द, भद्र वलीको एरेन्ज संगीत तथा निर्देशनकुमार रानाको मिक्सिङ छ । नरेश ऐयरको छायांकन र मीन रावलको सम्पादन रहेको गीतको भिडियो भद्र वली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया