युरोपका नेपाली एनटिभी २ मा

काठमाडौँ : युरोपमा रहेका नेपालीले गर्ने सांस्कृतिक गतिविधिबारे सामग्री प्रस्तुत गर्ने गरी एनटीभी २ बाट ‘नमस्ते युरोप’ नामक कार्यक्रम प्रसारण हुने भएको  छ ।
हालै राजधानीमा आयोजित  कार्यक्रमबीच कार्यक्रमका  निर्माता-निर्देशक राजेन्द्र भट्टले युरोपमा रहेका नेपालीका विभिन्न गतिविधिलाई प्राथमिकताका आधारमा प्रसारण गरिने जानकारी गराए । यसबाट स्वदेशी र विदेशमा रहेका नेपालीबीचको भावनात्मक सम्बन्ध प्रगाढ हुने विश्वास आयोजकको छ । कार्यक्रम हरेक शुक्रबार साँझ नेपाल टेलिभिजन २ बाट प्रसारण हुने बताइएको छ ।

प्रतिक्रिया