खानेपानी–स्रोत, उपयोग र आर्सेनिक तत्व

जमिन मुनिको पानीमा केही न केही मात्रामा आर्सेनिक रहेको हुन्छ । आर्सेनिकको मात्रा बढी भएको पानी लगातार पिउनाले मानिसको शरीरमा विभिन्न रोग लाग्न सक्छ जस्तै छाती, पिठ्युमा कालो सेतो दाग देखिनु, हत्केला र पैतालाको छाला बाक्लो हुने र गिर्खाहरू निस्कनु, भित्री अंगहरू र छालाको क्यान्सर हुनु, श्वास प्रश्वास, मधुमेह, शरीरको वजन कमी हुनु इत्यादि । सबैभन्दा बढी प्रभावित तत्व आर्सेनिक हुन् । विश्व स्वास्थ्य संगठनले यो तत्व मानवका लागि पिउने पानीमा आर्सेनिक शून्य दशमलव शून्य १ एमजी÷लिटर निर्धारण गरेको छ तर हाम्रो देशमा हाल शून्य दशमलव शून्य ५ एमजी÷लिटर निर्धारण रहेको छ ।

मानिसले आफ्नो उचित स्थान र अस्तित्व कामय राख्न वातावरणका पञ्च तत्वहरू (पृथ्वी, जल, तेज, वायु र आकाश) लाई सन्तुलन राख्नुपर्छ, यसमध्ये जल र वायुविना मानव अस्तित्वको कल्पना पनि गर्न सकिँदैन । तसर्थ यी मानव जीवनका लागि आधारभूत आवश्यकता भनिएको छ । मानिसको अस्तित्व अरू प्राणी, जीव र वनस्पतिका विविधतासँगको सहअस्तित्वमा निर्भर रहन्छ ।

हाम्रो धर्म, संस्कृति र चिन्तनले स्थापित गरेको तथ्य ‘वसुधैव कुटुम्वकम’को मूलमर्मभित्र बसेर मानव जातिले बच्न कौशल अपनायौँ भने कुनै कुराको पनि अन्त्य हुँदैन, परिवर्तन भने हुन्छ र परिवर्तन भनेको अन्त होइन । मानव जीवन, सभ्यता र सम्मुनतिको आधार पानी नै हो । जल भनेको पानी हो, जसले शुद्ध पानीको बोध हुन्छ, पवित्र कामका लागि पानीको प्रयोग गरिँदाको अवस्थामा पानीलाई जल भनिएको पाईन्छ । जललाई जीवनको प्रारम्भ मानिन्छ, जललाई जीवनको प्रारम्भ २ किसिमले मानिएको पाइएको छ – वीर्यरूप र जीवनको प्रारम्भरूप ।

वीर्यरूप बारे मान्यता रहेको छ भने कुनै पनि वीर्य अत्यन्त पातलो हुन्छ, पानीको जस्तो । विज्ञानको विकासवादी सिद्धान्तले पानीबाटै जीवनको सुरुआत भएको मान्छे तथा शास्त्रहरूले पनि भगवान्को पहिलो अवतार (भगवान् विष्णुको मत्यस्यवतार) पानीमा नै भएको मान्दछ । जल व्यवस्थापनअन्तर्गत जीवन निर्वाहका लागि पिउने पानीको व्यवस्था प्रमुख छन् ।

प्रागऐतिहासिक कालमा नाइल नदीको वरपर विकसित मिश्र सभ्यता, रिग्रिस र युक्रेटस नदी किनारमा इराकी जीवन पद्धती, पूर्व पश्चिम एसियाका कतान हयूक, जेरिको सभ्यता, सिन्धुघाँटीको हडप्पा, मोहनजोदाडो, ह्वांगोले नदी र साङ्सी किनाराको चिनियाँ सामाजिक विकास तथा गंगा, कृष्णा, कावेरी, गोदावरी, सतलज नदीको उर्वरभूमिका प्राचीन सभ्यता, गण्डक किनारमा मिथिला सभ्यता, विदेह भूखण्ड, वैदिक आर्य महासभ्यता, इस्लाम महासभ्यता आदिमा मानव जीवन विकसित हुँदै गएको हो । पर्सिया, मोसोपोटामिया, अर्मेनिया, अफगानिस्तानमा ई.पू. हजार हजार वर्ष अघिदेखि भूमि सतह मुनिबाट पानी बहावको प्रबन्ध मिलाइएको प्रविधि कन्नाल व्यवस्था गरिन्थ्यो ।

मिश्र(इजिप्ट) तथा मेसोपोटामिया सभ्यता खानेपानीको व्यवस्थापन तथा वर्षाका पानी (रेनवाटर हार्भिस्टङ) संकलनको उदाहरण मननीय छन् । चीनको मध्य एसियाली भूभाग करजाई र भारततिर वर्षात्को पानी तहगत रूपमा संकलन गर्ने वावली प्रणाली रहेको थियो । जलस्रोतको अभावमा सिन्धुघाँटीको सभ्यता नष्ट भयो, खडेरी र अनावृष्टिको कारण माया सभ्यताको अन्त्य भएको मानिन्छ ।

काठमाडौँ उपत्यकामा वि.सं. १९९६ मा जुहारकुमारी देवीले धारामार्फत खानेपानी वितरणको सुरुआत गरेकी थिइन् । जुद्ध शमशेरले देशमा अन्य भूभागमा समेत खानेपानी पुर्याएका थिए । हाम्रा पुर्खाहरूले आर्जेको परम्परागत हिटी प्रणालीअन्तर्गत पोखरी, राजकुलो, भूमिगत जलभण्डार, कुवा, नाभिमण्डल, हितिक, निर्मलीकरण(फिल्टर), हितिगा÷हितिमंग, हितिध्वँ, मंगा आदि प्रविधिजन्य ज्ञान तथा सीपको गणितीय तथा प्राविधिक दृष्टिकोणले वैज्ञानिक तथा उच्चस्तरका पाइन्छ । यसमा पानीको निर्मलीकरण र स्वच्छताका लागि अपनाइएको रैथाने उपाय तथा पर्यावरणीय सन्तुलन व्यावहारिक थिए ।

ललितपुरको मंगाहिति, सुन्धारा अनि पाटन दरबार भित्रको तुसा ः हिति परिकृष्ट नुमुनाहरू हुन् । अनुसन्धानकर्ताका अनुसार उपत्यकामा हाल ५७३ वटा ढुँगेधारा छन् । तर अवैज्ञानिकरूपले बढ्दो सहरीकरणले गर्दा केहीको स्थिति दयनीय छन् । अहिले चीनले वर्षात्को पानीबाट पुनर्भरण गर्ने अभ्यासअन्तर्गत स्पन्ज प्रणाली चलाएको छ । हाम्रा पुर्खाले समाजका सबै वासिन्दालाई स्वच्छ पानीको व्यवस्थापनमा धारा, इनार, पोखरी निर्माण गरेर दिगो व्यवस्थापन गरेका थिए ।

प्रत्येक वर्ष वैशाख जुडशीतल पर्वको शुभ अवसरमा र जेठ सुख्खा मौसममा इनार र धारालाई सरसफाई गर्ने मौलिक परम्परा रहेको थियो, यस पर्वले जलको जीवनमा कति महत्व छ, पाठ सिकाउँछ तर सरकारको गलत नियतले बनाइएको नियमले पोखरी, इनार, कुवा खनाएको (धनी) र नेतृत्ववर्ग एकअर्कासँग टक्राउँदै तराई मधेस क्षेत्रमा अन्तहीनद्वन्द्व सिर्जना भएको छ ।

जलप्रवाह मुख्यतः २ किसिम– सतह जलप्रवाह एवं भूमिगत जल प्रवाहबाट हुन्छ । नदी, नाला, खोला, ड्रेन, सिमसार क्षेत्र आदिलाई सतह जलप्रवाहसँग जोडिएपछि यसमा भूमिगत जलप्रवाहका योगदान पनि रहन्छन् । सतहभित्र क्षतिज दिशा र पृथ्वीको गुरुत्वबलको दिशामा हुने जलप्रवाहले हिमाल, पहाड तथा तराई मधेसका भूमिगत जलमण्डललाई प्रकृतिले आफ्नो विधिअनुसार जीवन्त राख्दछ । पर्याप्त सतह, जलस्रोत जस्तै नदी, खोला आदि नेपालमा उपलव्ध रहे पनि अत्यधिक जनघनत्व रहेको तराई मधेसमा पिउने पानीको स्रोत भूमिगत जलस्रोत नै रहेको छ ।

हाम्रो पर्यावरणीय स्थिरताको संगालोमा ७ वटा कडी छन्, तराई, भावर, चुरे, मधेस, महाभारत, हिमाल र भोट । चुरेको कडी चुडिएमा भने सम्पूर्ण नेपाल भत्किन्छ । तराई र मधेसपानीको अभावमा मरुभूमीकरणको दिशामा बढ्दै छ । चुरे वनजंगल फडानी र चुरेदोहनलाई अत्यधिक छेडछाड, गिट्टी बालुवा निकाल्ने कामले भूक्षय बढी हुनका साथै हामीले अपनाएको भू तथा जलाधार व्यवस्थापनको नकारात्मक सह उत्पादन हो तथा जथाभावी गरिने प्रकृतिको दोहन हो । यसले पर्यावरणीय सन्तुलन बिगार्ने नभई पृथ्वीको सतहको गतिविधिलाई उत्ताउलो बनाउँछ, बहुसंख्यक मानिसको जिन्दगी निरन्तर मनोवैज्ञानिक, आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय जोखिम थोपरीरहन्छ ।

नेपालको अन्नको ढुकुटी भनिएको तराई मधेसमा पानीको अभावले मरुभूमीकरणको दिशामा बढ्दै छ र दिनानुदिन खानेपानीको निजी व्यवस्थापनमा जटिलताहरू बढदै गइरहेको छ, विपन्न परिवारहरू यसबाट पीडित छन् । हिन्दूकुश हिमालयको केन्द्रमा रहेको नेपालको हिमालय क्षेत्रबाट निस्कने स्वच्छ पानीबाट तल्लो तटीयभेगका करिब २ अर्ब जनसंख्या आस्रित छन् । सागरको पानी नुनिलो छ, जुन पिउनयोग्य छैन, नेपालमा जति पानी छ, त्यो सबै प्रयोग गर्न योग्य छन्, हाम्रा लागि यो गौरवको विषय हो ।

नेपालको संविधानमा स्वच्छ पिउने पानी तथा सरसफाइलाई नागरिकको आधारभूत आवश्यकता हो भने स्पष्ट उल्लेख छ । नेपाल सरकारको आवधिक योजना (सन् २०१९–२०२४) ले सबै नेपाली नागरिकलाई स्वच्छ पिउनेपानीको आपूर्ति तथा पहुँचमा जोडिएको छ । सन् १९८० बाट यताका वर्षमा विश्वमा प्रत्येक वर्ष एक प्रतिशतका दरले पानीको मार बढेको छ, सन् २०५० सम्म विश्व शुद्ध खानेपानीको अभावको चपेटामा पर्ने सम्भावना छ । वातावरणीय उत्पादन सूचकांकको १८० देशको सर्वे रिर्पोटमा नेपाल स्वच्छ पिउने पानीको उपलव्धतामा १३०औँ स्थानमा रहेको प्रकाशित गरिएको छ । नेपाल जलस्रोतमा दोस्रो धनी देश रहेको छ, हाम्रो देशमा ६ हजार नदीनाला भए पनि त्यसको सदुपयोग हुन सकिएको छैन । सदगुरु भग्गी बासुदेवको सन्देश छ –पानी पिउने हरेक प्राणीलाई नदीहरूको प्राण जोगाउनुपर्छ । मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयनबाट काठमाडौँको धाराबाट सङ्लोपानी बग्न थालेको अत्यन्त सकारात्मक अनुभूति भएको हो । नदीहरू जीव जन्तुको जीवनसञ्चारका लागि रक्तनलीहरू जस्तै महत्वपूर्ण छन् ।

पृथ्वीको सतहमा ७० प्रतिशत पानी छ, जसको ९७ दशमलव ५ प्रतिशत पानी नुनिलो छ, बाँकी २ दशमलव ५ प्रतिशत शुद्ध पानी पनि ६८ दशमलव ७ प्रतिशत बर्फको रूपमा ३० प्रतिशत भूमिगत जल र केबल शून्य दशमलव ३ प्रतिशत मात्र पृथ्वीको सतहमा रहेको छ । जसमध्ये ८७ प्रतिशत तालमा र २ प्रतिशत मात्र नदीहरूमा रहेको विज्ञको अनुसन्धानबाट प्रष्ट हुन्छ ।

जनगणना–२०७८ को तथ्यांकअनुसार नेपालमा खानेपानी प्रयोगको गर्नेमा, धारा÷पाइपबाट ५७ प्रतिशत, ट्युबवेल÷हातेपम्पबाट २९ दशमलव ८ प्रतिशत, इनार÷कुवाबाट १ दशमलव ५ प्रतिशत, मूलधारा ३ दशमलव ९ प्रतिशत, जार बोतलको पानी प्रयोग गर्ने ४ दशमलव ६ प्रतिशत रहेका छन् ।

विश्व स्वास्थ्य संगठनले सन् २०१७ मा प्रतिव्यक्ति ११५ देखि १५० लिटर पानीको दैनिक जीवनका लागि आवश्यक पर्ने औँल्याएको छ । व्यक्तिको कार्यक्षमता विकास, आकर्षक व्यक्तित्व, शारीरिक अवस्था, वाह्य वातावरणीय अवस्था आदिका आधारमा पानीको मात्रा थपघट हुनसक्छ, बढी परिश्रम हुने काम वा शारीरिक सुगठनका अभ्यास गर्नेहरूलाई बढी पसिना जाने हुँदा पानीको आवश्यकता बढी हुन्छ । वर्षातका मौसममा जलमा प्रदुषण र ब्याक्टेरियाको प्रकोप बढी हुन्छ, जसबाट शरीरलाई हानि गर्दछ, तसर्थ बढी सतर्कता राख्नु अनिर्वाय हुन्छ, विद्यालयमा पर्याप्त पानीको उपलव्धताको कमीले पढ्ने छात्रछात्राको उपस्थिति कम देखिएको अनुसन्धानबाट पाइएको छ । मनसुन स्वच्छ जल उपलव्ध गराउने एउटा प्रकृतिप्रदत व्यवस्था हो ।

प्रणव मुखर्जीका भनाइ छ, ‘हाम्रो असल वित्तमन्त्री मनसुन हो ।’ पानी हाइड्रोजन २ भाग र अक्सिजन १ भागबाट मिलेर बनेको तरल पदार्थ पृथ्वीमा जे जति पानी छ, त्यसको १ प्रतिशत मात्र मानव प्रयोजनका लागि उपयोगी छ । पानी स्वादहीन भए तापनि विभिन्न भौगोलिक क्षेत्र हुँदै बहने पानीमा उक्त क्षेत्रका प्राकृतिक रसायन र लवणहरूको कारण पानीको स्वाद निर्धारण भएको हुन्छ । झरना र कतिपय पानीको मुहानको तथा माटो, तामा, काठको घैलामा संग्रह गरिएको पानी मिठो स्वादको हुन्छ । पानी नै औषधि हो, पानी रोगहरूको शत्रु हो ।

हाम्रो शरीरको कुल तौलको ६० देखि ७० प्रतिशत पानीले ओगटेको हुन्छ । शरीरमा सबै भागमा पानी रहेको हुन्छ, सबैभन्दा बढी रगतमा ८३ प्रतिशत तर सबैभन्दा कम एडियोस टिसुहरूमा १० प्रतिशत पानी हुन्छ । शरीरभित्र हरेक क्रिया सञ्चालन हुन पानी चाहिन्छ, पानी नियमित रूपले ठिक समय र ठिक तरिकाले पिउनुपर्छ । भनिएको छ, ‘पानी पियौँ छानेर, गुरु बनाऔँ जानेर ।’ साथै भनिएको छ, ‘पानी खाउँ र भोजन पिऊ ।’ अर्थात पानीलाई भोजन गरेजस्तै बिस्तारै पिऊ र भोजन सामग्रीहरू चपाएर पानी जस्तै पातलो बनाएर पिउ भन्ने मनसाय छन् ।

आर्सेनिक तत्व – पिउने पानीमा आर्सेनिक, पिएच, फ्लोराइड, मर्करी, आइरन, अमोनिया, साइनाइड, लिड, क्लोराइड आदि रासायनिक तत्वहरूको निर्धारित मापदण्ड अनुरूप हुनुपर्छ । विश्वमा अधिकांश भागमा पानीमा फ्लोराइड, आर्सेनिक, आइरन तथा कडा धातु रहेका कारण त्यस्तो पानी पिउनयोग्य हँुदैन । आर्सेनिक खाना वा अन्य माध्यमबाट शरीरभित्र धेरै प्रयोग गरेपछि त्यसले मन्द विषको काम गर्दछ, मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्छ ।

तराई मधेसका केही जिल्लाहरूमा भूमिगत पानी(ट्युबेल)मा आर्सेनिकका मात्रा राष्ट्रिय मापदण्डभन्दा बढी पाइएको छ । जमिन मुनिको पानीमा केही न केही मात्रामा आर्सेनिक रहेको हुन्छ । आर्सेनिकको मात्रा बढी भएको पानी लगातार पिउनाले मानिसको शरीरमा विभिन्न रोग लाग्न सक्छ जस्तै छाती, पिठ्युमा कालो सेतो दाग देखिनु, हत्केला र पैतालाको छाला बाक्लो हुने र गिर्खाहरू निस्कनु, भित्री अंगहरू र छालाको क्यान्सर हुनु, श्वास प्रश्वास, मधुमेह, शरीरको वजन कमी हुनु इत्यादि । सबैभन्दा बढी प्रभावित तत्व आर्सेनिक हुन् । विश्व स्वास्थ्य संगठनले यो तत्व मानवका लागि पिउने पानीमा आर्सेनिक शून्य दशमलव शून्य १ एमजी÷लिटर निर्धारण गरेको छ तर हाम्रो देशमा हाल शून्य दशमलव शून्य ५ एमजी÷लिटर निर्धारण रहेको छ ।

जल जीवन हो । भनिएको छ, ‘पानी बिन सब सुन ।’ जलको जीवन परोपकारी हुन्छ, सेवा भाव नै उसको प्राकृतिक स्वभाव हो तथा जगतलाई ऊर्जा प्रदान गरी आफ्नो अस्तित्व र अस्मिताबाट परोपकारी भावनालाई तिरोहित हुन दिँदैन । जल ‘सत्यं शिवम् सुन्दरम’को प्रतीक हो त्यसैले शान्त र पवित्र मानिन्छ । हिन्दू परमम्परामा पूर्वीय जीवनशैली वैज्ञानिक छन् । मिथिलाञ्चलमा नदी उपासना, पोखरीमा धार्मिक अनुष्ठान तथा जललाई देवताकारूपमा पूजिने हाम्रो संस्कृतिले ठुलो सकारात्मक पाठ सिकाउँछ ।

प्रतिक्रिया