अनिश्चित बाटोमा मध्यपूर्वको शान्ति प्रक्रिया

लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो ३ सातामा इजरायलको आक्रमणबाट १ हजार ३०० भन्दा बढीको मृत्यु भइसकेको छ । बिहीबार लेबनानले इजरायलमा गरेको आक्रमणमा परेर ३७ जनाको ज्यान जानुका साथै १५१ जना घाइते भएका थिए । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हिजबुल्लाहलाई लक्षित गर्दै बेरुत बेका उपत्यका र दक्षिणी लेबनानमा एकैपटक आक्रमण गरेको छ । इजरायली सेनाले जनाएअनुसार नै बिहीबार लेबनानबाट पनि इजरायलमा १०० प्रक्षेपण गरिएको थियो ।

आइडिएफले रातभरिमा हिजबुल्लाहका २०० वटा निसाना बनाएको जनाएको छ । यसरी निसाना बनाइएका स्थानमा भौतिक संरचना, हतियार राख्ने र निरीक्षण पोस्ट रहेका छन् । हिजबुल्लाहको इन्टलिजेन्स हेडक्वार्टरमा पनि बिहीबार आक्रमण भएको छ ।

इजरायलले बिहीबार थप २५ गाउँका बासिन्दालाई घर छाड्न भनेको छ । यसरी इजरायलले जमिनमा आक्रमण गर्नुपूर्व दिएको सूचनाको आधारमा घर खाली गराइएका गाउँको संख्या ७६ पुगिसकेको छ । अमेरिकी विदेश विभागले यो क्रम कहिले अन्त्य हुन्छ निश्चित नभएको जनाएको छ ।
लेबनान मात्र होइन, वेस्ट बैंकमा पनि इजरायलको आक्रमण जारी छ । टुल्केरामको आप्रवासी शिविरमा १८ जना मारिएका छन् । इजरायलले हिजबुल्लाहका शीर्ष नेतालाई निसाना बनाउने कामलाई रोकेको छैन । हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको सम्भाव्य उत्तराधिकारीको रूपमा हेरिएका हसिम सफेडाइनलाई निसाना बनाएर आक्रमण गरेको छ ।

अहिले इजरायलले लेबनानको स्वास्थ्य क्षेत्रमा भएको आक्रमण र अन्तर्राष्ट्रिय मानव अधिकारको उल्लंघनको विषय उठ्न थालेको छ । बिहीबार बेरुतको हेल्थ क्लिनिक भएको आक्रमणमा ९ जनाको ज्यान गएको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले यसको विषयमा अहिले नै केही भन्न नसकिने बताएका छन् । स्वास्थ्य क्षेत्रमा आक्रमण गर्दै अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको उल्लंघनका घटना एकातर्फ भएका छन् भने अर्कोतर्फ स्वास्थ्य केन्द्रलाई सैन्य शक्तिले सुरक्षित स्थानको रूपमा प्रयोग गर्ने क्रम पनि त्यत्तिकै छ । गाजाको अस्पतालको भवनको मुनि नै हमासले आफूहरू लुक्ने बंकर बनाएको छ ।

मध्यपूर्वका शान्तिको कामना संसारले नै गरेको छ । सुरुमा हमास आक्रमणबाट सुरु भएको अशान्तिको शृंखला बढ्दै गएर इजरायलबाट प्यालेस्इटन र लेबनानमा आक्रमण भएको हो । यत्तिमा यो क्रम अझ रोकिएन, इजरायलको आक्रमण सिरियामा समेत भइसकेको छ । सिरिया र यमनमा समेत हिजबुल्लाहको सेल्टर रहेका कारण इजरायलले आक्रमण गरेको हो । यस युद्धमा इरान पनि जोडिएको छ । विगतमा हिजबुल्लाहलाई हतियार सहयोग गर्ने इरान आफँैले इजरायलमा रकेट प्रहार गरेको छ । यस युद्धमा सुरुआतदेखि कतार र इजिप्टको विशेष चासो थियो । दुवै देशले युद्ध विरामको सक्दो प्रयास गरेका छन् । यसै मध्येको कतारको पछिल्लो धारणाले पनि इजरायललाई धक्का लागेको छ । कतारका अमिर तमिम बिन हमाद अल थानीले स्वतन्त्र प्यालेस्टाइनबिना शान्ति सम्भव नहुने बताएका छन् ।

एसिया सहयोग संवाद शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसको राजधानी पूर्वी जेरुसेलम हुनुपर्ने बताए । अल थानीको भाषण कतारको विदेश मन्त्रालयले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।

इजरायलले बारम्बार हिजबुल्लाह निर्मुल नपारेसम्म युद्ध नरोकिने बताउँदै आएको छ । पछिल्लो ३ सातामा इजरायलको आक्रमणमा ७ जना हिजबुल्लाहका कमान्डर मारिए । यसरी मारिनेमा शीर्ष व्यक्ति हसन नसरल्लाहसमेत छन् । नसरल्लाहको निधनमा मध्यपूर्वमा शोक मनाइयो । इजरायलले भने आफ्नो अभियानको ‘टर्निङ प्वाइन्ट’ भएको भन्दै खुसीयाली मनाएको छ । यो खुसीको औचित्य कमै हुने चेतावनी पश्चिमा देशले दिइसकेका छन् । राष्ट्र संघले समेत प्यालेस्टाइन र लेबनानमा भएको घटना नरसंहारको स्वरूप भएको प्रतिक्रिया दिइसकेका छन् ।
सन् १९८० मा हिजबुल्लाहको स्थापना भएदेखि नै नेतृत्वमा रहेका व्यक्तिले यो लडाइँमा ज्यान गुमाइसकेका छन् । नसरल्लाहलाई मार्ने क्रममा इजरायलले बेरुतमा थुप्रै भवनको नास गरेको थियो । हेडक्वार्टरमा आक्रमण भन्दै इजरायलले गरेको आक्रमणका कारण लेबनानको जनजीवन अझ अस्तव्यस्त भएको छ ।

सन् १९९२ देखि नसरल्लाहले इजरायलको विरुद्धमा भएका धेरै आक्रमणको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा हिजबुल्लाह लेबनानको ठुलो राजनीतिक शक्ति हुँदै संसदीय राजनीतिको समेत एउटा सफल खेलाडीको रूपमा स्थापना भएको थियो ।

सन् २०११ मा सिरियामा गृह युद्ध भएको समयमा नै हिजबुल्लाहले राष्ट्रपति बसार असादलाई शक्तिमा स्थापित गर्न तथा टिकाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । सन् २०११ मा सिरियामा गृह युद्ध भएको समयमा नै हिजबुल्लाहले राष्ट्रपति बसार असादलाई शक्तिमा स्थापित गर्न तथा टिकाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

नसरल्लाहकै नेतृत्वमा हिजबुल्लाहले इरानको सहयोगमा यमन र इराकमा समेत शक्ति स्थापना गरेको थियो । सन् २००० मा इजरायलले दक्षिणी लेबनान छाड्ने अवस्था आउनुमा नसरल्लाहको नेतृत्वले ठुलो भूमिका निभाएको थियो ।

गत साता मारिएका नाबिल काउक हिजबुल्लाह केन्द्रीय परिषद्का उपप्रमुख थिए । उनी पनि सन् १९८० को दशकको सुरुआतमा सो सैन्य दस्तामा आबद्ध भएका थिए । सन् १९९५ देखि २०१० सम्म उनी दक्षिणी लेबनानमा कमान्डर थिए । उनी धेरै सञ्चार माध्यमका सामु प्रस्तुत भएर हिजबुल्लाहको धारणा राख्थे । उनलाई मारिनु अघिसम्म नसरल्लाहको उत्तराधिकारीको रूपमा हेरिएको थियो ।

हिजबुल्लाहको मुख्य सैनिक दस्ता रडवान फोर्सका कमान्डर इब्राहिम अकिल लामो समयदेखि इजरायलसँगको लडाइँमा सरिक थिए । सबैभन्दा ठुलो सैन्य संगठन जिहादिस्द काउन्सिलमा समेत उनी आबद्ध थिए । यसै कारण उनी धेरै वर्षदेखि नै अमेरिकाको समेत ‘वान्टेड’ सूचीमा थिए ।
सन् १९८३ मा बेरुतमा रहेको अमेरिकी दूतावासमा बम प्रहारमा अकिल सरिक भएका थिए भने जर्मन र अमेरिकीलाई बन्दी बनाउन पनि उनकै भूमिका थियो । उनी २० सेप्टेम्बरमा मारिएका हुन् । सन् १९८३ मा बेरुतमा रहेको अमेरिकी दूतावासमा बम प्रहारमा उनी सरिक भएका थिए भने जर्मन र अमेरिकीलाई बन्दी बनाउन पनि उनकै भूमिका थियो । अकिल २० सेप्टेम्बरमा मारिएका हुन् । रडवन फोर्सका अहमद वेहेबेले २ दशक अघिदेखि सो फोर्स स्थापनामा ठुलो भूमिका निभाएका थिए । बेरुतको दक्षिण भागमा भएको आक्रमणमा भवन भत्किएपछि उनको ज्यान गएको हो । वेहेबे पनि २० सेप्टेम्बरका मारिएका हुन् ।

लेबनानको दक्षिणी भागमा रहेर युद्धमा महत्वपूर्ण भूमिका निभाएका अलि काराकी नेतृत्व तहमा नै थिए । उनको पनि नसरल्लाहसँगै मृत्यु भएको जनाइएको छ । इजरायली आक्रमणको निसानामा मोहम्मद सोराउसर २६ सेप्टेम्बरमा मारिए । उनी हिजबुल्लाहको ड्रोन युनिटका संयोजक थिए । उनकै नेतृत्वमा इजरायलमा धेरै ड्रोन प्रहार भएको थियो । रक्षा प्रणालीलाई व्यवस्थित गर्दै समूहको रकेट र मिसाइल आक्रमणलाई तेज रफ्तारमा अघि बढाउने काम उनले गरेका थिए ।

इब्राहिम कोबेइसीले हिजबुल्लाहको मिसाइल युनिटको नेतृत्व गर्थे । सन् २००० मा ३ जना इजरायलीको अपहरण पछिको हत्याका डिजाइनर नै कोबेइसी भएको जनाइएको छ । ४ वर्षपछि मात्र हिजबुल्लाहले बन्दी गृहमा उनीहरूको शव लिएर गएको थियो । उनी २५ सेप्टेम्बरमा मारिएका हुन् ।
आक्रमण सुरु गरे लगत्तै इजरायलले हिजबुल्लाहको सैन्य दस्ताका मुख्य कमान्डरलाई निशाना बनाएको थियो । जुलाई अन्त्यमा प्यालेस्टाइनमा हमासका नेता इस्माइल हानिएको मृत्यु भएको केही घण्टा अघि मात्र फाउद सुकुर मारिएका थिए । इजरायली आक्रमणको निसानामा मोहम्मद सोराउसर २६ सेप्टेम्बरमा मारिए । उनी हिजबुल्लाहको ड्रोन युनिटका संयोजक थिए । उनकै नेतृत्वमा इजरायलमा धेरै ड्रोन प्रहार भएको थियो ।

सन् १९८३ मा बेरुतमा भएको बम विस्फोटमा २८३ जना मारिएका थिए । सो बम काण्डका मुख्य योजनाकार नै सुकर भएको जनाइन्छ । दक्षिणी भागमा लामो समयदेखि नेतृत्व गर्दै आएका जवाद तविल, तलेब अब्दुल्लाह र मोहम्मद नासेर पनि इजरायली आक्रमणमा मारिएका छन् ।

अहिले नसरल्लाहको मृत्युपछि नसिम कसिमले नेतृत्व गर्ने अनुमान गरिएको छ । सन् १९९१ देखि नै कसिम नसरल्लाह पछिका दोस्रो नेताको रूपमा रहेका छन् । स्थानीय सञ्चार माध्यमले जनाएअनुसार इजरायलले दक्षिणी बेरुतमा धेरै आक्रमण कसिमलाई निशाना बनाएर गरेको थियो । यस युद्धको बारेमा सञ्चारकर्मीसँग धारणा राख्ने काम पनि कसिमले नै गरेका छन् ।

उनी राजनीतिक र सैन्य दस्ताका अलावा अन्य विविध विषयमा पनि सक्रिय छन् । लेबनानमा सिया मुस्लिमको प्रभाव बढाउन उनको त्यत्तिकै सक्रियता छ । नसरल्लाहको उत्तराधिकारीको चर्चामा आएका अर्का व्यक्ति हसिम सफेडाइन हिजबुल्लाहको केन्द्रीय परिषद्का प्रमुख हुन् । नाताले उनी नसरल्लाहका भाइ पर्छन् । उनी इरानी जनरल कसिम सोलेमाइनीका सम्धी पनि हुन् । सोलेमाइनी सन् २०२० मा अमेरिकाले गरेको ड्रोन आक्रमणमा मारिएका थिए । इजरायली आक्रमण र निशानाका बाबजुद जीवित रहने हिजबुल्लाहका शीर्ष नेतामा तलाल हमेइ र अबु अली रेडा पनि छन् । इब्राहिम अमिन अल सायद र मोहम्मद साद बाँकी रहेका शीर्ष नेता हुन् ।

संसारको सबैभन्दा ठुलो गैरसैन्य शक्ति हिजबुल्लाहमा अहिले नेतृत्व संकट छ । यस संकटमा बीच इजरायलका लागि पनि सबै वातावरण अनुकूल छैन । हाउथी, हमास र हिजबुल्लाहको त्रिपक्षीय आक्रमण इजरायलले खेपेको छ । अन्तर्राष्ट्रिय मानवअधिकार संगठन र इजरायली सहयोगी शक्तिले नै अहिले मध्यपूर्व जारी हिंसालाई नरसंहारको संज्ञा दिइसकेका छन् । यस अवस्थामा हिजबुल्लाहको नयाँ नेतृत्वले पनि पुरानै नीतिलाई निरन्तरता दिने पक्का छ ।

इरानले इजरायलमा आक्रमणमा गरेको दिन तेहरानमा खसियाली मनाइएको थियो । भलै, इजरायलले गरेको आक्रमणका कारण १० लाख जना विस्थापित भइसकेको किन नहोस् ।

केही समयअघि इजरायल र उसको सहयोगी अमेरिकाबीचको दुरी बढेको थियो । राष्ट्रपति जो बाइडेन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग आक्रोशित थिए । लेबननाका स्थानियको जीवनमा बाइडेनको चासो थियो । इरानी आक्रमणपछि बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको बोली फेरिएको छ । उनीहर अहिले इरानप्रति क्षुब्ध भएका छन् । मध्यपूर्वको अबको बाटो झनै अशान्त बनेको छ ।

प्रतिक्रिया