बारा र चितवनमा भएका दुर्घटनामा चारको मृत्यु

बारा, ११ चैत । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पिलुवमा आज यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १३ यात्रु घाइते भएका छन् ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको बीरगन्जमा उपचार भईरहेको छ ।

गम्भिर घाइतेहरु रौतहटको चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर १ की मखमली लामिछाने, उनकी १० वर्षीया छोरी स्वस्तीका लामिछाने र मकवानपुरको धियाल गाविस वडा नम्बर ८ निवासी मानबहादुर मोक्तानको बीरगन्जमा उपचार भईरहेको छ ।

काठमाडौबाट सर्लाहीका लागि छुटेको बा २ ख ९७६३ नम्बरको यात्रुबाहक बस पिलुवा नजिकै अपरान्ह ४ बजे पल्टिएको हो ।

उता, चितवनको सिद्धी गाउँ विकास समितिमा आज ट्रयाक्टर दुर्घटनामा परेर एक महिलाको ज्यान गएको छ । ट्«याक्टर दुर्घटनामा सिद्धी गाविसकी काँईलीमाया चेपाङको ज्यान गएको हो ।

सिद्धीबाट शक्तिखोर तर्फ आउँदै गरेको ना ३ त ५७४३ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई पल्टँदा ट्रयाक्टरको चक्काले किचिएर प्रजाको घटना स्थलमै ज्यान गएको थियो ।

यसैबीच, शुक्रबार राति नारायणगढ मुग्लिन सडक खण्डको चण्डिभज्याङमा ट्रक पल्टिँदा एक जनाको ज्यान गएको छ । कालीखोलामा ट्रक अनियन्त्रित भई सडकबाट सय मिटर तल खस्दा चालक राजु सापकोटाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया