पोखरा, २९ फागुन । पोखराका नवीन केसीले एक महिना लामो पर्वतीय खेलकुद महोत्सवअन्तर्गत ‘वाइकर्स अफ द हिमालयन’ पोखरादेखि जोमसोमको उपाधि जितेका छन् । नेपाल पर्वतीय खेलकुद महासघंको तत्त्वावधान तथा नेपाल अर्टो मोबाइल एसोसिएसन (नास) को आयोजनामा सञ्चालन भएको वाइकर्स अफ द हिमालयन पोखरा–मुस्ताङ रोयल इनफिल्ड जर्नीको विजेता बनेका नवीनले जोम्सम पुग्दा नेगेटिभ ४१ अंक ल्याएका थिए ।
दोस्रो भएका आबुखैरिनीका सञ्जित श्रेष्ठ र साथी मनीष थापाले ४२ नेगेटिभ अंक प्राप्त गरेका थिए । नेगेटिभ ४५ अंक ल्याएका पोखराका आशिक गुरुङ र साथी प्रवेश शेरचन तेस्रो भएका थिए । पोखराबाट १ सय ६० किलोमिट को यात्रा तय गर्दै रमणीय पहाडी र हिमाली शृंखलाबाट कुस्मा, बेनी, तातोपानी, घासा, लेत र मार्फा हँदै अन्तिम वाइकर्स जोससममा आइपुग्दा शनिबार बेलुका ९ बजेको थियो ।
वाइकर्स अफ द हिमालयन पोखरा–मुस्ताङ रोयल इनफिल्ड जर्नी समय, गति र दूरीका (टिडियस सिस्टम)का आधार सञ्चालन गरिएको थियो । प्रतियोगितामा विजेताले ४४ हजार ४ सय ४४ र एभरेस्ट ट्रफी, उपविजेताले २२ हजार २ सय २२ र लुम्बिनी ट्रफी तथा तेस्रोले ११ हजार १ सय ११ र अन्नपूर्ण ट्रफी प्राप्त गर्ने छन् । पर्वतीय खेलकुद महोत्सवको समापनका अवसरमा विजेताले उक्त एवार्ड वितरण गरिनेछ । प्रतियोगितामा चालकका साथी, आयोजक, प्राविधिक टोली र पत्रकार गरी २ सय जनाले मुस्ताङको यात्रा गरेका थिए ।
महोत्सवअन्तर्गत भोटेकोसीमा क्यानोइङ, पोखराको सारङकोटमा प्यराग्लाइडिङ र काठमाडौंमा रेसमान्डु सम्पन्न भइसकेको छ । १६ मार्चमा क्रसकन्ट्री १७ मार्चमा कायक च्याम्पियनसिप, २२ मा इक्ब्वस्ट्रिय र साइक्लिङ क्रसकन्ट्री, २३ मा गल्फ र २९ मार्चमा ट्रायथलनको आयोजना हुनेछ । २९ र ३० मार्चमा स्पोर्ट्स क्लाइम्बिङका आयोजना हुनेछ ।
माउन्टन फेस्टिभल
जनमुक्ति युवा क्लबलाई उपाधि, सोन उत्कृष्ट धनुर्धर जनमुक्ति युवा क्लब ‘बी’ले माउन्टन फेस्टिबलअन्तर्गत जोम्सममा सम्पन्न धनुर्वाण प्रतियोगिताको उपाधि हात पारेको छ भने सोही क्लबका सोन पुन उत्कृष्ट धनुुर्धर चुनिएका छन् । नेपाल पर्वतीय खेलकुद महासंघको तत्त्वावधान तथा मुस्ताङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको प्रतियागितामा ठिनीको जनमुक्ति क्लबले ७ डोरको खेलमा ५० अंक ल्याई प्रथम स्थान कब्जा गर्यो ।
उत्कृष्ट धनुर्धर चुनिएका सोन पुनले १४ अंकमा सर्वाधिक १२, कुलन थापाले ११, काजी थाकालीले १०, सोमबहादुर घलेले ९ र भीमबहादुर गुरुङले ८ अंक ल्याएका थिए । त्यसैगरी, चिमाङ गाउँ ४४ अंकसहित दोस्रो तथा जनमुक्ति युवा क्लब ए ४१ अंक
ल्याएर तेस्रो भयो । शीर्ष स्थान पाउनेले ७ हजार, ५ हजार र ३ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।
प्रतिक्रिया