काठमाडौँ । ‘मिसेस नेपाल वल्र्ड २०२४’मा २९ महिला भिड्ने भएका छन् । विवाहित महिलाहरू सहभागिता रहेको सौन्दर्य प्रतियोगितामा यस वर्ष डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेसन डिजाइनर, नर्सदेखि गृहिणीसम्म छन् । सहभागिमा प्रगति श्रेष्ठ, ज्योति शर्मा, सुशीला केसी दाहाल, अनु कार्की र कोपिला गौतम छन् ।
यसैगरी, अनिता मण्डल लामा दोङ, उषा किरण अधिकारी, सिर्जना व्यञ्जनकार, अम्बिका गौतम, सुयेशा राउत, साहारा तिमल्सिना आचार्य, विनिता ढकाल र साहारा आचार्य तिमल्सिनाको पनि सहभागिता छन् । सहभागी अन्यमा नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ, संगीता गौतम, दीपतारा लुइँटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की, रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल र दीपा विश्वकर्मा लगायत छन् ।
१० कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘मिस नेपाल वल्ड २०२४’को ग्रान्ड फिनाले आयोजना हुने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताए । यो वर्ष विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वल्र्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन् ।
अश्विनी झाको कोरियोग्राफी रहेको प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको विजेतासमेत चयन हुनेछ ।
प्रतिक्रिया