नयाँ दिल्ली । २० वर्षपछि पुनः प्रदर्शन भएको चर्चित बलिउड फिल्म ‘वीरजारा’ ले कमाइमा रेकर्ड कायम गरेको छ। गत शुक्रबार रिलिज भएको फिल्मले एक सातामा विश्वभरबाट सय करोड भारतीय रुपैयाँको आँकडा पार गरेको हो ।
रिलिजको बिसौँ वार्षिकोत्सवको अवसरमा यशराज फिल्म्सले ‘वीरजारा’ लाई विश्वभर फेरि रिलिज गरेको थियो। व्यवसायिक तथा समीक्षात्मक हिसाबले उत्कृष्ट यस फिल्मले सीमापारको प्रेमकथालाई उठान गरेको छ ।
ट्रेड एनालिस्ट तरण आदर्शले ‘वीरजारा’ विश्वव्यापी संग्रहबारे जानकारी दिए। उनका अनुसार २० वर्षपछि यो फिल्म १०० करोड क्लबमा प्रवेश गरेको छ। विश्वव्यापी बक्स अफिस वीरजाराको कमाइ १०२ करोड ग्रस कलेक्सन छ ।
शाहरुख खान र प्रीति जिन्टा अभिनित यो फिल्म नेपालमा पनि रिलिज भएको थियो। यस फिल्ममा रानी मुखर्जी,अमिताभ बच्चन, दिव्या दत्त, मनोज बाजपेयी, बोमन इरानी, अनुपम खेर र किरण खेर लगायतको अभिनय छ ।
यश चोपडा निर्देशित फिल्ममा भारतीय केटा र पाकिस्तानी केटीबीचको प्रेमकथाको कथा भन्छ। २० वर्षअघि यस फिल्मले यसअघि विश्वव्यापी रुपमा ९९ करोड भारु कमाएको थियो ।
प्रतिक्रिया