यस सिजनको च्याम्पियन्स लिगमा नयाँ फम्र्याट अनुसारको खेल सञ्चालन भइरहेको छ । यसै संरचनामा भएको पहिलो खेलमा फ्रान्सेली क्लब मोनाकोले १० खेलाडीमा सीमित बार्सिलोनालाई १–० ले हराएको छ ।
नाइजेरियाका स्ट्राइकर जर्ज इलेखेनाले च्याम्पियन्स लिगको डेब्युमै गोल गरेपछि मोनाकोले जित हात पारेको हो । बिहीबार मोनाकोको घरेलु रंगशालामा भएको खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका १८ वर्षीय उनले ७१आँै मिनेटमा भान्डरसनले टाढाबाट दिएको बललाई नियन्त्रणमा लिँदै विपक्षी गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनलाई पार गरे ।
सो खेलको १०आँै मिनेटमा टेर स्टेगनको कमजोर पासका कारण आएको दबाब रोक्न इरिक गार्सियाले ताकिमु मिनामिनोलाई फल गरेपछि उनलाई सिधै रेड कार्ड देखाइएको थियो । १६औँ मिनेटमा म्याग्नेस अली आउचको गोलमा मोनाकोले अग्रता लिएको थियो । बार्सिलोनाका युवा स्ट्राइकर लामिन यमालले २८आँै मिनेटमा बराबरी गोल गरेका थिए ।
सोही दिनको अर्को खेलमा डेभिड रायाले पेनाल्टीलाई सानदार ढंगले बचाएपछि आर्सनलले एटलान्टासँग गोलरहित बराबरी ग¥यो । ५१औँ मिनेटमा मेटाओ रेडेगुइको प्रहारलाई रायाले दायाँतर्फ डाइभ गर्दै बचाएका थिए । रिबाउन्ड बल रेडेगुइले अर्कोतर्फ हेड गरेपछि पनि रायाले यसलाई रोक्न भ्याएका थिए ।
प्रतियोगितामा २ जर्मन क्लबले फराकिलो जितसहित सुरुआत गरिसकेपछि अर्को जर्मन क्लबले पनि सोही ढंगले प्रतियोगिताको सुरुआत ग¥यो । बिहीबार राती वायर लिभुरकुसेनले फियुनार्डको आतिथ्य स्वीकार गर्दै नेदरल्यान्ड्समा ४–० को जित हात पारेको छ । फरेलारेन्स रिट्जले वायर लिभरकुसेनका तर्फबाट च्याम्पियन्स लिगको डेब्यु खेलमा २ गोल गरे ।
रिट्जले २० यार्डबाट तल्लो कर्नरमा प्रहार गरेको बल गोलमा परिणत भएपछि जर्मन क्लबले पाँचौँ मिनेटमा नै अग्रता लिएको थियो । ३०औँ मिनेटमा जेरेमी फ्रिमपङको पासमा एलेक्स ग्रिलमाडोले दोस्रो गोल गरे । ३६आँै मिनेटमा उनै फ्रिमपङको पासमा २१ वर्षीय जर्मनीका अन्तर्राष्ट्रिय खेलाडी रिट्जले टोलीका लागि तेस्रो गोल गरे । मध्यान्तर अघि नै एडमन्ड टपसोभाको प्रहारलाई नियन्त्रणमा लिन खोज्दा घरेलु टोलीका गोलरक्षक टिमोन अकोए वेलन रथरले आफ्नै पोस्टमा छिराएका थिए ।
अर्को खेलमा ९०आँै मिनेटमा विजयी गोल गर्दै एट्लेटिको म्याड्रिडले आरपी लेइपजिगलाई २–१ ले हराएको छ । चौथो मिनेटमा बेन्जामिन सेसेकोले भ्रमणकारी जर्मन क्लब लेइपजिगलाई अग्रता दिलाएका थिए । एट्लेटिकोका लागि २८आँै मिनेटमा एन्टेनियो ग्रिजम्यानले बराबरी गोल गरे । सो गोल उनको प्रतियोगिताको ३७आँै गोल हो । अन्तिम समयमा उनले नाटकीय खेलको अन्त्य गर्ने क्रममा गोलको अवसर सिर्जना गरेका थिए । उनकै पासमा जोसे मारिया गिमिनेजले हेड गोल गरे ।
बेनफिकाले पहिलो खेलमा रेडस्टार बेलग्रेसँगको अवे खेलमा २–१ को जित हात पारेको छ । सो खेलको नवौँ मिनेटमा टर्कीका फरवार्ड करेम एक्टुरकोग्लुले पहिलो युरोपेली खेललाई नै सार्थक बनाउने क्रममा बेनफिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनले अलेक्जेन्डर बाहको पासलाई उपयोग गरेका थिए । ओर्कुन कोक्रुले २९आँै मिनेटमा २५ यार्डबाट प्रहार गरेको घुमाउरो फ्रिकिक गोलमा परिणत भए पनि मध्यान्तरअघि नै बेनफिकाले २ गोलको अग्रता लिएको थियो । खेल सकिन ४ मिनेट बाँकी रहँदा रेड स्टारका लागि फलिसियो मेन्सनले गोल गरे ।
फ्रान्सेली क्लब ब्रेस्टले च्याम्पियन्स लिगको इतिहासमै पहिलो जित हात पारेको छ । ह्गो माग्नेटी र अब्दुल्ला सिमाको गोलमा ब्रेस्टले स्टुआर्म ग्रुजलाई २–१ ले हराएको हो । २३औँ मिनेटमा माग्नेटीले ब्रेस्टलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा एडिमिल्सन फर्नान्डेजले आफ्नै पोस्टमा बल छिराएपछि अस्ट्रियाली टोली ग्रुजका खेलाडीले खुसी मनाउने अवसर पाएका थिए । ५६आँै मिनेटमा सिमाले गोल गर्दै फ्रान्सेली क्लबका लागि बिहीबारको रातलाई ऐतिहासिक बनाए ।
यसअघि नै बुधबार स्कटल्यान्डको सेल्टिकले युरोपेली च्याम्पियन्स लिगमा सानदार सुरुआत गरेको थियो । सेल्टिकले पहिलो खेलमा स्लोभान ब्राटिस्लाभालाई ५–१ ले हरायो । सेल्टिक पार्कमा बुधवार राती भएको खेलमा आर्ने एंगलको कर्नरमा लियाम स्केलले १७आँै मिनेटमा गोल गर्दै रंगशालामा उपस्थित घरेलु दर्शकलाई उत्साहित बनाएका थिए । दोस्रो हाफमा निकोलास कनको क्रसमा क्युरो फुरोहासीले अर्को गोल गरे । एंगलले पेनाल्टीमा गोल गरे भने केभिन विमरले गोल गर्दै स्लोभानलाई खेलमा फर्काउने प्रयास गरेका थिए । डाइजन मेइडा र जेम्स फरेस्टले चेल्सीका लागि थप गोल गरे ।
इत्तेहाद रंगशालामा भएको खेलमा म्यानचेस्टर सिटी र इन्टर मिलानबीच गोलरहित बराबरी भएको छ । सन् २०२३ को च्याम्पियन्स लिग फाइनलकै पुनरावृत्ति झैँ देखिएको खेलमा इटालियन शक्ति यसपटक अझ बढी संगठित देखिएको थियो । परन्तु दोस्रो हाफमा भने केही दबाब सहेको थियो ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनले पनि विजयी सुरुआत गरेको छ । बुधबारको अर्को खेलमा पिएसजीले गिरोनालाई १–० ले हरायो ।
जेमी गिटेन्सले २ गोल गरेपछि बोरुसिया डर्टमन्डले क्लब ब्रगलाई ३–० ले हरायो । गत वर्षको उपविजेता डटर्मन्ड ७६आँै मिनेटमा बेलायती यु–२१ टोलीका फरवार्ड गिटेन्सको गोलमा अग्रता लिन सफल भएको थियो । उनैले ८६आँै मिनेटका अर्को आकर्षक गाले गर्दै डर्टमन्डलाई दोस्रो गोलको अग्रता दिलाए । इन्जुरी समयमा ब्रान्डन मेकेलेले सेराउ ग्युरासीलाई फल गरेपछि पाएको पेनाल्टीलाई पनि डर्टमन्डले सफल उपयोग गरेको थियो । ग्युरासीको गोलसहित डर्टमन्ड पहिलो खेलमा प्रभावकारी जित हात पार्न सफल भएको छ ।
९ वर्षपछि च्याम्पियन्स लिगमा बलियो उपस्थिति देखाउने क्रममा चेक गणतन्त्रको स्पार्टा प्रागले अस्ट्रियाको रेडबल स्राजवर्गलाई ३–० ले हरायो । सन् २००५ पछि प्राग पहिलोपटक प्रतियोगितामा फर्किएको हो । यो कम ब्याकलाई उत्कृष्ट बनाउने क्रममा प्रागले १०७ सेकेन्डमा नै अग्रता लिएको थियो । कान कइरीननेले रि बाउन्डमा पाएको अवसरलाई सही सदुपयोग गरे । भिक्टर ओलाट्न्जीले मध्यान्तरअघि दोस्रो गोल गरे । काजीम लाकीले ५८आँै मिनेटमा अर्को गोल गरे । पहिलोपटक च्याम्पियन्स लिग खेलिरहेको इटालीको बोलोग्नाले पनि युक्रेनको च्याम्पियन साख्तर डोन्सटकसँग गोलरहित बराबरी गरेको छ ।
मंगलबार ४१ वर्षपछि युरोपको सबैभन्दा ठुलो प्रतियोगितामा फर्किएको अस्टन भिल्लाले सानदार प्रदर्शन गरेको थियो । बर्नमा भएको खेलमा भिल्लाले स्विस च्याम्पियन यङ ब्वाइजलाई ३–० ले हरायो । भिल्लाका लागि युरी टेलिस्म्यान, ज्याकोब राम्सी र अमाडाउ ओनाउले गोल गरे । गत सिजनमा भिल्लालाई युरोपा कन्फरेन्स लिगको सेमिफाइनलमा प्रवेश गराएका युनाइ यामेरीले जित सोमबार मात्र इन्जुरीका कारण ज्यान गुमाएका गेरी स प्रति समर्पित गरे ।
सोही रात लिभरपुलले इटालियन एसी मिलानलाई ३–१ ले हरायो । शनिबार घरेलु भूमिमा नटिङघम फरेस्टसँग स्तब्ध भएको लिभरपुलले यस अवे खेलमा सुरुआतमै पछि परेर कम ब्याक गरेको हो । तेस्रो मिनेटमै मिलानका विङ्गर क्रिस्चियन पुलिसिकले गोल गरेका थिए । मोहम्मद सलाहको प्रहार बारमा लागेपछि लगातार आक्रमण गरेको लिभरपुलका लागि २३आँै मिनेटमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको फ्रिकिकमा इब्राहिमामा कोनाटेले हेड गोल गरे ।
सलाहको अर्को प्रहार बारमा लागेपछि भर्गिल मान डिजिकले मध्यान्तरअघि नै लिभरपुललाई अग्रता दिलाएका थिए । ६७आँै मिनेटमा कोडी गाप्कोले खेलको अन्तिम गोल गरे । युभेन्ट्सले पनि च्याम्पियन्स लिगमा सानदार सुरुआत गरेको छ । घरेलु एलिनियाज रंगशालामा भएको खेलमा युभेन्ट्सले पिएसभी आइन्डहोभेनलाई ३–१ ले हरायो । थिएगो मोटाको टोलीलाई केनान एल्डिजले २१औँ मिनेटमा अग्रता दिलाएका थिए । १९ वर्षीय यी खेलाडीले क्लबका लिजेन्ड अलेजान्द्रो डेल पियरोको युरोपको यो एलाइट प्रतियोगितामा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान भंग गर्न सफल भए ।
दोस्रो हाफको छैटौँ मिनेटमा डुसान भ्लाओभिकको सानदार पासमा अर्जेन्टाइन स्ट्राइकर निकोलास गोन्जालेजले अर्को गोल गरे । बियोन्ड डोर्मेललले मोटाका टोलीका लागि गोल गर्नुअघि गोन्जालेजले वान टचमा नै गोल गरेका थिए । जोहान बाकायाकोको पासमा इस्माइल साइबेरीले भ्रमणकारी पिएसभीका लागि गोल गरे । युभेन्ट्सले अबको खेल जर्मनी गएर आरबी लेइपीगसँग खेल्नेछ भने पिएसभीले घरेलु भूमिमा स्पोर्टिङ लिस्बनको स्वागत गर्नेछ ।
युरोपेली च्याम्पियन्स लिगमा वायरन म्युनिखले पनि ९ गोल गर्न सफल भएको छ । मंगलबार राती नै भएको खेलमा वायरनले घरेलु भूमिमा भएको खेलमा डाइनामो जाग्रेवलाई ९–२ ले हराएको हो । सो खेलमा हेरी केनले ४ गोल गर्दै च्याम्पियन्स लिग अथवा युरोपियन कपमा सबैभन्दा धेरै गोल गर्ने इंग्लिस खेलाडीको कीर्तिमान कायम गर्न सफल भएका छन् । उनले चौथो गोलसहित वाइन रोनीको ३० गोलको कीर्तिमानलाई पार गरेका हुन् । लन्डनमा जन्मिएका फ्रान्सेली विङगर माइकल ओलिसेले पनि २ गोल गरे । वायरन म्युनिख च्याम्पियन्स लिगमा ९ गोल गर्ने पहिलो टोलीसमेत भएको छ । अलेक्जेन्डर पाब्लोभिकलाई फल गरिए पछि प्राप्त पेनाल्टीमा केनले पहिलो गोल गरेका थिए । राफेल गुइरेराले हाफ भलिमा अर्को गोल गरेपछि त्यसको लगत्तै हालै क्रिस्टल प्यालेसबाट क्लबमा आएका ओलीसीले अर्को गोल गरे ।
घाइते भएका मानुएल नुयरको स्थानमा वायरनले सेभेन उल्रीचलाई मैदानमा ल्याए पनि उनले ५ मिनेटमा २ गोल खाएका थिए । बु्नो पेटकोभिक र टकारो ओगीवाराले गोल गरे । यसपछि वायरन फेरी लयमा आएका थियो । केनले रिबाउन्डमा गोल गरे भने वोलिसेले खाली पोस्टमा गोल गरे । केनले नै पेनाल्टीका गोल गर्दै ह्याट्रिक पुरा गरे । उनले चौथो गोल पनि पेनाल्टीमा नै गरेका हुन् । बेन्चबाट आएका लिरोइ सानेले अर्को गोल गरे । टोलीका लागि अन्तिम गोल लियोन गोरेटज्काले गरे ।
एन्ड्रिक रियल म्याड्रिडका लागि च्याम्पियन्स लिगमा सबैभन्दा कम गोल गर्ने खेलाडी बनेको खेलमा सो टोली स्टुगार्टमाथि ३–१ को जित हात पार्न सफल भयो । इन्जुरीको समयमा टोलीको अन्तिम गोल गरेका ब्राजिलियनले यसअघि सन् १९९५ मा क्लबका लिजेन्ड राउल गोन्जालेजले १८ वर्ष ११३ दिनमा गोल गरेर राखेको कीर्तिमान भंग गर्दै १८ वर्ष ५८ दिनमा गोल गरेका हुन् । उनी जुड बेलिङघमको स्थानमा ८०औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । च्याम्पियन्स लिगमा रियलका लागि डेब्यु गरी रहेका फ्रान्सेली स्टार केलिएन एम्बाप्पेले दोस्रो हाफको २०आँै सेकेन्डमा गरेको गोलमा रियलले पहिलो अग्रता लिएको थियो । डेनिज उन्डभले स्टुगार्टका लागि बराबरी गोल गरे । एन्टेनियो रुडीगरले रियललाई दोस्रोपटक अग्रता दिलाएका हुन् । मंगलबारको अर्को खेलमा स्पोर्टिङ सिपीले लिलीलाई २–० ले हरायो ।
प्रतिक्रिया