युक्रेन युद्धमा चासो दिने राउथबाट ट्रम्प हत्याको प्रयास

न्यूयोर्क । आफ्नै छोराको नजरमा उनी दयालु स्वभावका बाबु । विचारमा उनी रुसले युक्रेन माथि गरेको आक्रमणको उत्पातै विरोधी । अमेरिकी राष्ट्रपति निर्वचनमा उनी डोनाल्ड ट्रम्प हार्नै पर्छ भन्ने मान्यता बोक्ने व्यक्ति ।
५८ वर्षीय तीनै रेयन विस्ली राउथ ५ नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति पदका रिपब्लीक उम्मेदवार डोनाल्ड ट्रम्प गल्फ खेलि रहेको उनको निजी कोर्षमा पुगे । एके ४७ बोकेका उनी झाडीमा लुकेर बसे । उनको गोली त पड्कियो तर ट्रम्पलाई केही भएन । यसले अमेरिकी सुरक्षा निकायमा खैलाबैला भएको छ । अमेरिकी सुरक्षा निकाय र गुप्तचर बारे धेरै पश््रन उब्जिएका छन् । ट्रम्पकै उप राष्ट्रपतिका उम्मेदवार जेडी भेन्स तथा ट्रम्पका विरोधी डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसले दुख व्यक्त गरेका छन् ।

राउथका बारे धेरै कुरा सार्वजिनक भइसकेका छन् । उनको समाजिक सञ्जाल अनुसार बारम्बार तालीवानसँग भिडेका अफगान सेनालाई रुस विरुूद्ध लड्न प्ररेति गर्थे । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरे पछि तालिवानसँग भिडेका अफगान सेना खोज्न युक्रेन पुगेका पनि थिए ।

पाको उमेर र सैन्य अनुभव नभएका कारण लड्ने सोचाइ छाडेका हुन् । पछिल्लो समय उनको वासस्थान हवाइ हो । तथापि उनी नर्थ क्यारोलिनाका बासिन्दा हुन् । टहरो बनाउने कम्पनी क्याम्प बक्स हनाउलुका उनी मालिक समेत हुन् ।

उनको रेकर्ड हेर्दा उनी सन् १९९८ मा उत्तरी क्यारोलिना कृषि तथा प्रविधि प्रान्तीय विश्वविद्यालयका ग्य्राजुएट हुन् । सन् १९९० मा नक्कली चेकको अभियोग लागेका उनीमाथि विध्वंस कार्यका लागि हात हतियार ओसार पसारको अभियोग थियो । उनी माथि मानिसलाई पिटेर भाग्ने, हतियार, अपहरण र हिंसा लगायत अनेकौँ आरोप लागेका छन् ।

उनले १३ जुलाईमा भएको ट्रम्प माथिको आक्रमणमा पनि चासो दिएका थिए । उनले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई सो समयमा घाइतेलाई भेट्न र मर्नेहरूको अन्त्येष्टि कार्यक्रममा सरिक हुन सुझाव दिएका थिए ।

राउथले गरेको आक्रमणमा बाबजुद ट्रम्पको चुनावी तालिकामा कुनै परिवर्तन भएको छैन । अहिले ट्रम्पलाई बर्तमान राष्ट्रपति बराबरकै सुरक्षा दिन त्यहाँका विधायकहरुले आवज उठाएका छन् । यसरी आवाज उठाउने विधायकमा दुवै दलका छन् ।

पछिल्लो समाचार अनुसार सो घटनामा संलग्न साउथले २ पुस्तक पनि प्रकाशित गरेका थिए । अमेजन किन्डल र युक्रेन्स अन विनेबल वार उनले लेखेका पुस्तक हुन् । उनले ५ महिना युक्रेनमा रहँदा विताएका क्षणको पेन्टिङ पनि बनाएका छन् ।

राउथलाई बुधबार संघीय अदालतमा पेश गरिने छ । यस पछि उनले अझै पुनरावेदनको अवसर पाउने जनाइएको छ । अहिले त्यस गल्फ कोर्षलाई प्रहरीले शिलबन्दी गरेको छ । युक्रेनले भने आरोपी राउथका बारे रुसले प्रोपोगान्डा मच्चाएको आरोप लगाएको छ । तथापि युक्रेनी राष्ट्रपति भालाडो्मिर जेलेन्सकीले घटनाले दखित तुल्याएको बताएका छन् । बेलायती प्रधानमन्त्री केइर स्टेइमरले पनि ट्रम्पको घटनाले आफु दखित भएका बताएका छन् । इटालीका उप प्रधानमन्त्री माटेलो साल्भिनीले पनि घटनाका कारण दुखी भएको बताए ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा हंगेरीका प्रधानमन्त्री भिक्टर उर्बानले पनि सो घटनाका कारण आफू दुखित भएको बताए ।

प्रतिक्रिया