पाँचथर । डेंगु नियन्त्रणको लागि फिदिम नगरपालिकाले औषधि छर्किने कार्यलाई तीव्रता दिएको छ । नगरपालिकाले डेंगु नियन्त्रण गर्न तथा निर्मुल गर्न औषधि छर्किने अभियानलाई तीव्र बनाएको हो ।
डेंगु अर्थात् लामखुट्टेबाट बच्न झुल, लामा लुगा प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । नगरपालिका प्रमुख मित्र प्रसाद काफ्लेले औषधि छर्किने अभियान निरन्तर रहने बताए । उनले नगरपालिकाको आर्थिक सहयोगमा एनोफिलिप्यज नामक झोल औषधि छर्किरहेको बताए । यो अभियानले रोग नियन्त्रण र निर्मुल र रोकथाम हुने उनको भनाई छ ।
जिल्ला अस्पतालमा भने भाइरल ज्वरोका बिरामीको चाप बढेको स्वास्थ्यकर्मी उमेश शाहले बताउँछन् । भाइरल ज्वरोले मानिसहरूको सेतो रगतमा कमि आउने शाहको भनाइ छ ।
अस्पतालमा स्क्रापटाइफस भन्ने रोग लागेका बिरामी पनि देखिएको शाहले जानकारी दिए । ‘त्यसपछि डेंगु देखा परेको पाइन्छ’ स्वास्थ्यकर्मी शाहले भने ।
अस्पतालमा इमरजेन्सी फाटमा उपचार चेकजाँच गराउदा ल्याबबाट रिपोर्ट लिन बिरामीले लामो समय कुर्नु परेको छ । रिपोर्ट ढिलो गरि आउने भएका कारण टाँढाका बिरामीलाई असहज हुने गरेको गुनासो आएको छ, भने रिपोर्ट लिन दिनभर कुर्नुपर्ने वाध्यता रहेको छ ।
प्रतिक्रिया