काठमाडौँ । १५ कात्तिकबाट प्रदर्शन हुने फिल्म ‘एक्टर ः टेक वान’ले अभिनेत्री आना शर्माको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री आना मात्र चित्रित छिन् । पोस्टरमा आना सहरीया युवतीका रूपमा चित्रित छिन् । आकर्षक लुक्समा रहेकी उनी वान पिसमा छिन् । कलर गरेको कपाल र गला खुलेको वान पिसले उनलाई खुलेको छ । यसबारे निर्माण पक्षले भने केही खुलाएको छैन । उनको चरित्रको नाम प्रकृति रहेको बाहेक निर्माण पक्षले केही जानकारी दिएको छैन ।
यसअघि यो सिनेमाका मुख्य अभिनेता प्रदीप खड्कासहितको पोस्टमर सार्वजनिक भएका थिए । राजन भुसालको निर्देशन रहेको ‘एक्टर’मा प्रदीप र आनासहित राजवल्लभ कोइराला, आनासँगै नव नायिका दिव्या रायमाझी अभिनेता दिव्य देव, सुशील सिटौला लगायतको अभिनय रहेको छ । अभिनेता दिलीप रायमाझीकी छोरी दिव्याले यही फिल्मबाट डेब्यु गरेकी हुन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको सिनेमाका निर्माता थमनकुमार भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको सिनेमाको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् ।
सिनेमाको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । सिनेमालाई नरेन्द्र मैनालीले खिचेका हुन् । शिशिर खाती र किरण थापा कोरियोग्राफी रहेको सिनेमामा अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ । मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको सिनेमामा सह–निर्देशकमा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की रहेका छन् । सिनेमामा काव्य थापाको मेकअप, वसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ । यस फिल्मको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।
प्रतिक्रिया