गायक चन्द्र शर्मा कांग्रेसको साहित्य, कला तथा संस्कृति केन्द्रीय विभागमा मनोनीत

काठमाडौं । लोकदोहोरी गायक चन्द्र शर्मा नेपाली कांग्रेसको साहित्य, कला तथा संस्कृति केन्द्रीय विभागको सदस्यमा मनोनीत भएका छन् । उनलाई कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सो पदमा मनोनीत गरेका हुन् ।

दाङमा जन्मिएका गायक शर्मा राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्वअध्यक्ष समेत हुन् । लामो समयदेखि गायनमा योगदान दिएका शर्माले थुप्रै चर्चित गीतहरु बजारमा ल्याइसकेका छन् ।

कला क्षेत्रमा आफूले दिएको योगदान स्वरुप कांग्रेसको साहित्य, कला तथा संस्कृति केन्द्रीय विभागमा मनोनीत हुन पाउँदा कला क्षेत्रमा थप विकासको लागि जिम्मा थपिएकोे उनले बताए । साथै, गायक शर्मासँगै सोही विभागमा अन्य ९ जना पनि मनोनीत भएका छन् ।

कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम देउवाले पार्टीका केन्द्रीय सदस्य विद्यादेवी तिमिल्सीना प्रमुख रहेको विभागमा गाायक शर्मासहित १० जना सदस्यमा सभापति देउवाले मनोनीत गरेका हुन् ।

मनोनीत हुनेहरुमा चन्द्र शर्मा दाङ, यज्ञराज उपाध्याय अछाम, राजेन्द्र खत्री काठमाडौं, रविन्द्र खड्का काभ्रेपलाञ्चोक, रमेश कोइराला चितवन, सरोज भण्डारी तनहुँ, रिसबदेव घिमिरे ललितपुर, शान्ति सदा सिरहा, देशु सुहाङ्ग पाँचथर र गणेश हमाल दैलेखका रहेका छन् ।

प्रतिक्रिया