न्युयोर्क । २६ वर्षीया एलेना साबलेन्काले खेल जीवनकै खुसीको क्षण महसुस गरेकी छन् । लगातारको असफलतापछि युएस ओपन टेनिसमा प्राप्त सफलताले उनको खुसीको सीमा छैन । ‘मलाई लाग्छ अहिले यो संसारको सबैभन्दा खुसी व्यक्ति मै हुँ’, साबलेन्काले जितपछि भनिन् । शनिबार राती भएको सेमिफाइनलमा स्पेनकी जेसिका पेगुलालाई हराउँदै उनले पहिलोपटक युएस ओपनको उपाधि जितेकी हुन् । सन् २०२३ मा कोको गफसँग हारेपछि त्यो पीडा सहन नसकेर उनले ¥याकेट भुइँमा छाडेर रोएकी थिइन् ।
त्यसको १२ महिनापछि साबलेन्को त्यसै एरेनामा पेगुलामाथिको सनीसनीपूर्ण ७–५, ७–५ को जितसहित खुसीले पागल भएर उनले भुइँमा ¥याकेट फालिन् । गत जनवरीमा अस्ट्रेलियन ओपनको उपाधि रक्षा गरेकी साबलेन्काको यो खेल जीवनको तेस्रो ग्रान्डस्लाम उपाधि हो । २८ वर्षीया यी बेलारुसी खेलाडीले हार्डकोर्टमा दबदबा कायम गर्ने क्रममा लगातार १४ खेलको अपराजित यात्रा कायम गरेकी छन् ।
आफूले सपना देखेको सुन्दर ट्रफी बोक्न पाएपछि शब्दहीन भएको उनले बताइन् । २६ वर्षीया उनले सफलता पाएपछि प्रशिक्षक जेसन स्टेकीसँग मिलेर मनाएको खुसी हेर्न लायक थियो । छैटौँ वरीयताकी पगेलाको हकमा पहिलो ग्रान्डस्लाम उपाधिको सपना पुनः पछि धकेलिएको छ । पहिलो ग्रान्डस्लाम फाइनल खेलिरहेकी उनलाई दर्शकहरूको उल्लेख्य साथ थियो ।
दोस्रो सेटमा ५–३ ले पछिपरेको अवस्था उल्ट्याउँदै सफलता पाएकी साबलेन्काले २००० अंकसहित ३६ लाख अमेरिकी डलर पुरस्कार पाएकी छन् । गत वर्ष गफसँग हार सहँदा दर्शकको सामना गर्नै असमर्थ भएको बताउँदै उनले त्यसको सही जवाफ दिएको पनि बताइन् । वातावरण गत वर्षको भन्दा फरक थिएन । कभर्डहलमा उपस्थित २३ हजार दर्शकको साथ पेगुलालाई नै थियो । यसरी डब्लुटिए टुरभन्दा अघि रहँदा उनले मनो चिकित्सकको समेत सल्लाह लिएकी थिइन् ।
पेगलाले आफू अहिलेको संसारको उत्कृष्ट खेलाडीसँग पराजित भएको प्रतिक्रिया दिइन् । सन् २०१६ मा एन्जेलके केबर पछि साबलेन्का एउर्ट वर्ष दुवै हार्ड कोर्टको ग्रान्डस्लाम जित्न सफल खेलाडी भएकी छन् । गत महिना १००० डब्लु टिए प्रतियोगिता जितिसकेका यी दुवै खेलाडी उच्च फर्मका साथ त्यहाँ पुगेका थिए । गत वर्ष पहिलो सेटको सफलताको बाबजुद उपाधि जित्न असमर्थ साबेल्काले यसपटक पनि दोस्रो सेटमा सुरुमा लगातार ३ गेम जितेकी थिइन् । त्यसपछि ५–३ ले पछि परेकी उनी पुनः खेलमा फर्किएकी हुन् ।
प्रतिक्रिया