सशस्त्रद्वारा ५९ लाखभन्दा बढी मूल्यको सामान बरामद

काठमाडौं । सशस्त्र प्रहरीले करिब ५९ लाखभन्दा बढी मूल्यको सामान बरामद गरेको छ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–३ भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनियरिङ अटो वर्कशप नजिकैबाट यही भदौ गते सशस्त्र प्रहरीले ५८ लाख ९३ हजार ४ सय रुपैयाँ बराबरको विभिन्न किसिमका सामान बरामद गरेको जनाएको छ ।

भारतबाट अवैधरुपले नेपाल ल्याई भण्डार गरी राखेको भन्ने विशेष सूचनाको आधारमा खटिएको नं. ३५ शैलेश्वरी गण कञ्चनपुरको सुरक्षा फौजले उक्त सामान बरामद गरेको हो ।

बरामद भएको सामानहरुमा लत्ताकपडा, सवारी साधन तथा मोवाईल पार्ट्स, ईलेक्ट्रोनिक्स सामान लगायतका छन् । बरामद सामान आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया