एकीकृत समाजवादीको पार्टी सचिवमा (खुल्ला) मा मुगुका शाही निर्वाचीत

मुगु । नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ ।
पार्टी सचिव खुल्लामा मुगु जिल्लाका लोकप्रिय नेता चन्द्रबहादुर शाही निर्वचित भएका छ्न् ।

सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुल्लाबाट चन्द्रबहादुर शाही, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित भएका हुन् ।
महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छन् ।

उनले अर्की प्रतिस्पर्धी रामकुमारी झाँक्रीलाई हराएकि छ्न् । यसैगरी मधेसी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी रामचन्द्र झा थिए । खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भएका छन् ।

उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । चौधरीले सबैभन्दा धेरै १५८ मत पाएर विजयी भएका छन् । चार उपमहासचिव पदमा १९ जना प्रतिस्पर्धी थिए ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसम्मत चुनिएका थिए । खुल्ला केन्द्रीय पार्टी सचीवमा निर्वाचीत शाही यसअघि एकीकृत समाजवादीको पार्टी पोलिटिब्यूरो सदस्य समेत थिए ।

प्रतिक्रिया