लन्डन । यस सिजनको ट्रान्सफर विन्डो सकिने समय भएको छ । यस समयमा कुन खेलाडीको स्थानान्तरणको सम्भावना कत्ति भन्ने बहस सुरु भएको छ । ३० अगस्ट शुक्रबार नयाँ खेलाडी स्थानन्तरणको समय सकिनेछ । अहिले सबैभन्दा चर्चामा रहेका र सम्भावना रहेका खेलाडी चेल्सीका रहिम स्टर्लिङ हुन् । उनी गत २ सिजन छायामा परे । यत्ति मात्र होइन, अहिले पनि प्लेइङ ११ भन्दा बाहिर रहेर प्रशिक्षण गरी रहेका छन् । अस्टन भिल्ला र क्रिस्टल प्यालेसले उनीमा चासो देखाइरहेका छन् ।
चेल्सीमा ४१ खेलाडी छन् । यस ४१ मध्य रोमन लुकाकु पनि रहे । परन्तु उनले २ सिजन लोनमा रोमा र इन्टमिलानमा बिताए । लुकाकुको अहिले नेपालीको हल्ला चलेको छ । यसो भएमा उनी आफ्ना पूर्वप्रशिक्षक एन्टेनियो कोन्टेसँगै रहनेछन् । ५ वर्षअघि बेन चिलवेल चेल्सीमा पुगेका थिए । त्यहाँ उनले अझै पनि आफ्नो स्थानका लागि संघर्ष गरिरहेका छन् । यसैबीच ट्रेभिन काभाल्होको भविष्य पनि अनिश्चित मानिएको छ ।
ब्रेन्ट फोर्डका बोस थोमस फ्रान्सले इभान टोनीको भविष्य अनिश्चित रहको जनाइसकेका छन् । २८ वर्षीय ती रक्षक क्रिस्टल प्यालेससँगको खेलमा पहिलो रोजाइमा अटाएका थिएनन् । लिभरपुलसँगको अन्तिम खेलमा पनि छायामा परेका उनका लागि साउदी क्लब अल अहलीले चासो देखाएको थियो ।
उनले गएको ४ वर्षका सो क्लबमा ३३ खेलमा २० गोल गरेका छन् । फुटबल एसोसिएसनको नियम उल्लंघन गरेका कारण ८ महिना प्रतिबन्ध सहेका उनी फर्केपछि १७ खेलमा ४ गोल गर्न सफल भएका थिए । विगतका उनी चेल्सी र लिभरपुलको सम्पर्कमा पनि थिए ।
सेफिल्ड युनाइटेडबाट गोलरक्षक आरोन राम्साडाले आर्सनलबाट २०२१ मा पुगेका थिए । अहिले उनले पहिलो रोजाइको स्थान स्पेनका डेभिड रायसँग गुमाइसकेका छन् । गत सिजनदेखि राय पहिलो रोजाइका गोलरक्षक भएका हुन् । राम्साडाले उल्भ्सको सम्पर्कमा छन् ।
क्रिस्टल प्यालेसले गत सिजन रक्षक न्युक्यासलका मार्क गुहीसँग ४ पटक बिड गरेर ल्याएको हो । अहिले उनी र क्लबको सम्बन्ध पनि राम्रो छैन । उनले पनि क्लब त्यागको सम्भावना प्रवल छ । न्युक्याशलका रक्षक केरिन ट्रिपर पनि अहिले क्लब छाड्ने मनशायमा छन् । ३३ वर्षीय उनलाई साउथहाम्टनसँगको पहिलो खेलमा बेन्चमा राखिएको थियो । सो खेलमा टोली १–० ले विजयी भएको थियो । बर्नमाउथसँगको खेलमा भने उनी बेन्चबाट मैदानमा पुगेका थिए । उनी २०२२ मा एट्लेटिको म्याड्रिडबाट सो क्लबमा पुगेका थिए । गत सिजनमा वायरन म्युनिख र साउदी अरेबिया जानबाट भने उनी रोकिएका थिए । उनी अहिले एभरटनको संम्पर्कमा छन् । एभरटनका गेराथ ब्राथह्वाट भने क्लब छाड्ने सम्भावनाको खेलाडी हुन् । उनको आर्सनल पुग्ने सम्भावना रहेको जनाइएको छ ।
बोरुसिया डर्टमन्टबाट लोनमा आएका रक्षक जाडन सान्चो म्यानचेस्टर युनाइटेड छाड्ने सम्भावना पनि त्यत्तिकै छ । उनले फलहामसँगको खेलमा मौका पाएका थिएनन् । थुप्रै घाइते खेलाडी ठिक हुँदा उनले थप मौका पाउने सम्भावना कम छ । यसकारण उनी चेल्सी, बार्सिलोना या युभेन्ट्स मध्य कहीँ पुग्ने सम्भावना जनाइन्छ । वायरन म्युनिखबाट लोनमा म्यानचेस्टर सिटी पुगेका जाओ कान्सेलोले गत सिजन लोनमा बार्सिलोनामा बिताएका थिए । यस सिजन उनी साउदी अरेबयिाको प्रो लिगमा पुग्ने सम्भावना प्रवल छ ।
प्रतिक्रिया