क्यान्सरपीडित बालिकाको जीवन रक्षाको अपिल

महोत्तरी । बल्ड क्यान्सरपीडित औरही नगरपालिका–२ फुलवरियाकी १५ वर्षीया बालिका चंचला कुमारीलाई आर्थिक अभावले उपचारमा समस्या भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले चञ्चलाको उपचारमा समस्या भएको हो ।

काठमाडौँ महानगरपालिका कोटेश्वरमा रहेको सरस्वती माध्यमिक विद्यालयको कक्षा–१० मा अध्ययनरत उनलाई १ महिना अघिदेखि बल्ड क्यान्सर भएको छ । क्यान्सरपीडित बालिकाको उपचारका लागि काठमाडौँको मीनभवनस्थित निजामति कर्मचारी (सिभिल) अस्पतालमा भर्ना गरिएको छ ।

बालिकाको उपचारको लागि हालसम्म १५ लाख रुपैयाँ खर्च भएको र थप उपचारका लागि अझै ८० देखि ९० लाख रुपैयाँँ खर्च हुने पीडित बालिकाको बुबा बिकाउ साहले बताए । ‘अलिअलि भएको पैसा पनि उपचारकै क्रममा सकियो, अब छोरीको जीवनरक्षाका लागि मसँग कुनै उपाय छैन’, पीडितका बुबाले भने, ‘यो समस्यामा सहयोग गर्न सबैलाई अनुरोध गर्छु ।’
क्यान्सरपीडित बालिकाको उपचारमा सबैले सहयोग गरिदिनु हुन भन्दै औरही नगरपालिका–२ को वडा कार्यालयले समेत सिफारिस गरेको छ ।

प्रतिक्रिया