प्रतीक दैनिकको ३८औँ वार्षिकोत्सवमा पत्रकार गुप्ता, चौरसिया, रूपाखेती र हवारी सम्मानित

पर्सा । वीरगञ्जबाट प्रकाशित हुने प्रतिष्ठित प्रतीक दैनिकले आज आफ्नो ३८औँ वार्षिकोत्सव भव्यरूपमा मनाएको छ । यस अवसरमा विभिन्न पत्रकार र कर्मचारीहरूलाई सम्मानित गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको सुवोध स्मृति पत्रकारिता पुरस्कार यस पटक पर्सा जिल्लाकी महिला पत्रकार विमला गुप्तालाई प्रदान गरिएको छ ।

उनलाई वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले रु ५१ हजार नगद राशिको साथमा दोसल्ला ओढाएर र प्रमाणपत्र प्रदान गरी सम्मान गरे । समारोहमा प्रतीक दैनिककै ग्रामीण संवाददाता धर्मेन्द्र चौरसिया उत्कृष्ट संवाददाताको रूपमा पुरस्कृत भए ।

साथै, स्तम्भकार कुमार रूपाखेती र प्रतीक दैनिकका कर्मचारी महमद तबरेज हवारीलाई पनि विशेष सम्मान प्रदान गरिएको छ । वार्षिकोत्सव कार्यक्रमले पत्रकारिताको क्षेत्रमा प्रतीक दैनिकको योगदानलाई पुनः एक पटक उजागर गरेको पत्रिकाले जनाएको छ ।

प्रतिक्रिया