सर्पले टोकेपछि झारफुकमा लाग्दा दाङमा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

दाङ । सर्पले टोकेर दाङको घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ ।

गए राति सर्पले टोक्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको र उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए ।

सर्पले टोक्ने बित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उनले बताए । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया