पेरिस । थुप्रै स्टारको सफलता धेरैको निराशा र केही विवादास्पद घटनासहित पेरिस ओलम्पिक अन्तिम चरणमा पुगेको छ । ३ दिन बाँकी रहँदा अमेरिकाको अग्रता कायम छ । केही व्यक्तिगत स्पर्धा र धेरै टिम स्पर्धा मात्र बाँकी छन् ।
ओलम्पिकअन्तर्गत महिला म्याराथन पौडीमा नेदरल्यान्डका सरोन भान रुवेनडालले स्वर्ण पदक जितिन् । सो स्पर्धामा अस्ट्रेलियाकी मोसयिा जोन्सनले रजत तथा इटालीकी जिनेभा ट्राडेउसीले कास्य पदक जितिन् ।
सेलिङको मिश्रित डिङ्लेमा अस्ट्रियाले स्वर्ण, जापानले रजत तथा स्विडेनले कास्य पदक जिते । सेलिङकै मिश्रित मिन्थुहलमा फ्रान्सले स्वर्ण, इटालीले रजत तथा ब्राजिलले कास्य पदक जिते ।
स्पोर्ट क्लाइम्बिङको पुरुष स्पर्धामा भने अमेरिका दुर्भाग्यशाली ठहरियो । ४ दशमलव ७९ विश्व कीर्तिमान आफ्नै नाममा भएका साम वाटसन सेमिफाइनलमा चिनियाँ खेलाडीविरुद्ध ४ दशमलव ९३ सेकेन्ड समय लगाएर पराजित भए । तेस्रो स्थानका लागि भएको खेलमा उनले फेरि ४ दशमलव ७४ सेकेन्डको विश्व कीर्तिमानसहित कास्यमा सीमित भए । सो स्पर्धामा इन्डोनेसियाले स्वर्ण तथा चीनले रजत पदक जिते । पुरुषको क्यानोइ युगलमा चीनले स्वर्ण, इटालीले रजत तथा स्पेनले कास्य पदक जिते ।
बुधबार भएको एथलेटिक्सको पुरुष ४०० मिटर दौडमा उपाधिको होड सधैँ खुला मानिएको छ । विगतको इतिहासलाई आधार मान्ने हो भने विजेता अनुमान गर्न पनि कठिन इभेन्ट मानिन्थ्यो । यस पटकको पेरिस ओलम्पिकको अवस्था भने फरक थियो ।
अमेरिकाका क्विन्सी हल सुरुआतदेखि नै दाबेदारको रूपमा प्रस्तुत भएका थिए । पेरिसको स्टेड द फ्रान्सको रंगशालामा ८० हजार दर्शकका सामु भएको रेसमा केही मिटर बाँकी रहँदासम्म तीनै हल छैटौँ स्थानमा थिए । अन्तिम समयमा गति बढाएर उनले आफ्ना सबै प्रतिस्पर्धीलाई पछि पारे । अन्तिम समयमा उनले बेलायतका हडसन स्मिथलाई पछि पारे । सो स्पर्धामा जाम्बियाका मुजला समुकोङगाले कास्य पदक जिते ।
लीथुवानियाका माइकुला अकेन्सका लागि भने यो ओलम्पिक सुखद बन्न सकेन । विश्व कीर्तिमान धारी उनी बुधबार डिसकस थ्रोमा आफ्नै बाबु भर्किलिजुस अकेन्सले सन् २००४ को ओलम्पिकमा राखेको कीर्तिमान भंग गर्न पनि सफल भए । यसका बाबजुद उनले स्वर्ण पदक जितेनन् । उनलाई जमैकाका रोजा स्टोनासले पराजित गरे । गत वर्ष भएको विश्व च्याम्पियनसिपमा १९औँ भएका तथा विश्व वरीयता क्रममा ११औँ स्थानमा रहेका उनले सो परिवारको खुसी र बन्नै लागेको ठुलो इतिहासमा अस्वभाविक प्रदर्शन गर्दै तुहाएका थिए । पोल भोल्टमा अस्ट्रेलियाकी मिना केनेडीले अमेरिकी केटी मुनलाई पछि पारिन् । गत वर्ष बुढापेस्टमा भएको विश्व च्याम्पियनसिपमा यी २ जनाले संयुक्त रूपमा स्वर्ण पदक जितेका थिए । सो स्पर्धामा क्यानडाकी आयष नेवाले कास्य पदक जितिन् ।
मोरक्कोका साउफियन अल बकालीले ३ हजार मिटर स्टिपल चेजको अन्तिम ल्यापमा केनेथी रुक्सलाई पछि पारे । विश्व वरीयताक्रमको ४९औँ स्थानमा रहेका रुक्सले अप्रत्याशित जित पाउने सम्भावनालाई बकालीले अन्तिम २०० मिटरमा गति बढाएपछि अमेरिकी धावक रजत पदकमा सीमित भएका हुन् । सो स्पर्धामा केन्याका अब्रमाह बिबी ओटले कास्य पदक जिते ।
यस ओलम्पिकमा संसारका २ ठुला देश अमेरिका र चीनको प्रतिस्पर्धा नै धेरैका लागि चासोको विषय हो । धेरै खेलमा प्रभाव बढाएको अमेरिका अन्तिमसम्म प्रतिस्पर्धामै रहने अनुमान गरिएको छ । बुधबार बिहानको सत्रमा यी २ देशको आँकडामा केही फरक थिएन ।
मिश्रित म्याराथन रेस वाकमा इस्पेनले स्वर्ण, इक्वेडरले रजत तथा अस्ट्रेलियाले कास्य पदक जिते । बुधबार नै भएको सेलिङको महिला डिङवेमा नेदरल्यान्ड्सले स्वर्ण, डेनमार्कले रजत तथा नर्वेले कास्य पदक जिते । पुरुष डिङवेमा अस्ट्रेलियाका म्याट वेरेनले स्वर्ण, साइप्रसका पाब्लो कोन्डियसले रजत तथा पेरुका स्टेफानो सुचेराले कास्य पदक जिते ।
महिलाको स्पोर्ट क्लाइम्बिङको स्पिडमा पोल्यान्डका अलेजान्द्रा मिरोस्लाभले स्वर्ण, चीनकी डेङ लुजेनले रजत तथा पोल्यान्डका अलेजान्द्रा कालुकाले कास्य पदक जिते । भारोत्तोलनको पुरुष ६१ किलो तौल समूहमा चीनका ली फाबियनले स्वर्ण पदक जिते । यसैगरी, थाइल्यान्डका थेरोपासाङ सुराचीले रजत तथा अमेरिकी हप्टन मोरिसले कास्य पदक जिते । अमेरिकालाई अर्को महत्वपूर्ण धक्का दिने क्रममा स्केटबोर्डिङको पुरुष पार्कमा अस्ट्रेलियाका केगन पाल्मरले स्वर्ण पदक जिते । अमेरिकी टम स्कारले रजत तथा ब्राजिलका अगस्टियो अकावोले कास्य पदक जिते ।
साइक्लिङको पुरुष टिम सर्कुटमा अस्ट्रेलियाले स्वर्ण, बेलायतले रजत तथा इटालीले कास्य पदक जिते । महिलाको टिम स्पर्धामा अमेरिकाले स्वर्ण, न्युजिल्यान्डले रजत तथा बेलायतले कास्य जिते । कुस्तीको ७७ किलो ग्रिको रोमनमा जापानका कुसाको नाओले स्वर्ण, काजकिस्तानका डेम जादर भेमले रजत तथा किर्गिस्तानका अख्जाल मुज्दालोभ र अर्मेनियाका मिखालेस अमोयनले कास्य पदक जिते । ग्रिको रोमनको ९७ किलोमा इरानका मोहम्मद सराबीले स्वर्ण, अर्मेनियाका अर्मन अलेस्कानले रजत तथा किर्गिस्तानका उजुर पेजकोभ र क्युबाका अलेजान्द्रो गाब्रयिलले कास्य पदक जिते ।
महिला ५० मिटर फ्रिस्टाइलमा एक दिनअघि भारतकी भोगाट विनेससँग पराजयको बाबजुद फाइनलमा खेल्ने अवसर पाएकी क्युबाका युसेनियाल ग्जलमानलाई हराउँदै अमेरिकाकी सारहा आनले स्वर्ण पदक जितिन् । भोगाटले सेमिफाइनलमा जिते पनि बढी तौल भएका कारण फाइनल गुमाएकी थिइन् । सोही स्वर्ण पदक अमेरिकाको दिनको तेस्रो स्वर्ण पदक थियो । त्यसैले एक दिन अघिको २ स्वर्णको अन्तरलाई पनि कायम राखेको थियो ।
चीनले भने आर्टिस्टक पौडीको स्वर्ण पदक जित्यो । सो स्पर्धामा अमेरिकाले रजत तथा स्पेनले कास्य पदक जिते । यसैगरी भारोत्तोलनको महिला ४९ किलोमा झो झिउले स्वर्ण पदक जिते । रोमानियाका मिखेला भालेन्टिनाले रजत तथा थाइल्यान्डकी सुरोदचना खुम्बुले कास्य पदक जिते ।
तेक्वान्दोमा स्पर्धामा बुधबार सकिए । महिला ४९ किलोमा थाइल्यान्डकी पानीकाक वङपतनकिकले चीनकी गाओ किङलाई हराउँदै स्वर्ण पदक जितिन् । तेक्वान्दोकै ५८ किलोमा अजरबैजानका गासिम मागोगोदेमलाई हराउँदै दक्षिण कोरियाका पार्क ते जोनले स्वर्ण पदक जितेका छन् ।
प्रतिक्रिया