नेपाल–भारत उद्योग वाणिज्यको टोलीले भेटे भारतस्थित नेपाली राजदूत

जनकपुरधाम । नेपाल–भारत उद्योग वाणिज्य संघको वीरगञ्ज च्याप्टरका अध्यक्ष श्री अभिषेक चौधरी नेतृत्वको टोलीले भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्मासँग भेटवार्ता गरेको छ ।

भारतको नयाँदिल्लीमा ६ अगस्ट २०२४ देखि सुरु हुने ३ दिवसीय बिमस्टेक बिजिनेस सम्मेलन २०२४ मा सहभागी हुन पुगेको टोलीले राजदूत शर्मासँग भेट गरे । भेटमा नेपाल र भारतबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धको चर्चाका साथै २ देश बीचको वाणिज्य, पारवहन, पर्यटन, जलविद्युत्, लगानी प्रवद्र्धनलगायत विषयमा कुराकानी भएको छ ।

सन् १९९६ को वाणिज्य सन्धी तथा १९९९ मा सम्पन्न पारवहन सन्धीपछि २ देश बीचको व्यापार बढ्दै गएर अहिले नेपालको कुल व्यापारको झण्डै दुईतिहाइ व्यापार भारतसँग हुँदै आइरहेको छ । छलफलमा पिएचडी च्याम्बर अफ कमर्स भारत नेपाल केन्द्रका सचिव अतुल ठाकुर, नेपाली राजदूतावासको तर्फबाट नियोग उपप्रमुख डा.सुरेन्द्र थापा, मिनिस्टर इकोनोमिक तारानाथ अधिकारी, काउन्सेलर बद्रीप्रसाद तिवारी तथा नेपाल–भारत उद्योग वाणिज्य संघका वीरगन्ज विभिन्न समितिका संयोजकहरू चन्दन सिंह, सुमित केयाल तथा दिपेश अग्रवालको उपस्थिति थियो ।

प्रतिक्रिया