महोत्तरी । औरही नगरपालिकामा वृक्षरोपण गरिएको छ । औरही नपा–१ औरही बजारबाट गाउँभित्र जाने मूल सडक क्षेत्रमा वृक्षरोपण गरिएको हो । नगरपालिकाको वातावरण संरक्षण तथा हरित नगरपालिका बनाउने उद्देश्यले गरिएको वृक्षरोपणमा गोल्ड मोहर, पारिजात, सामी, करबिर, असारे फुल र अशोक जातको गरी २०० सय बिरुवा रोपिएको मेयर प्रदीपकुमार खड्काले बताए ।
रोपिएको बिरुवा संरक्षण गर्नका लागि फलामे घेराको तारजालीसमेत लगाइएको मेयर खडकाले जानकारी दिए । उनले सडक सौन्दर्यकरणको साथै वातावरणलाई सफा राख्न यस कार्यले सहयोग गर्ने बताए । वृक्षरोपण कार्यक्रममा नगरका जनप्रतिनिधि, नगरपालिकाको विभिन्न शाखाका कर्मचारी, नगर प्रहरी पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया