धनुषा । मधेसका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्माले मधेसमा शिक्षाको क्षेत्रको बिभेद गरिदै आएको आरोप लगाएकी छिन् । कुनै समय मधेसकै शिक्षक देशभरी पुगेर शिक्षा प्रदान गर्दै आएकोमा अहिले आएर मधेस नै शिक्षाको मामिलामा पछाडी पर्नु दुःखद रहेको बताइन् । गार्गी मेमोरियल सेकेन्ड्री इंगलिशले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री शर्माले मधेसको शैक्षिक स्तर योजनाबद्ध हिसाबले धाराशायी पार्ने षडयन्त्र हुँदै आएको आरोप लगाइन् ।
मधेस पहिले शिक्षाको हब थियो, उनले भनिन् ‘अहिले हेर्नुस मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक छैन, विद्यालयहरुमा भौतिक संरचनाको अभाव यसरी योजनाबद्ध तरिकाले शैक्षिक स्तर धाराशायी बनाइदै छ ।’ यद्यपि यी चुनौतीका बिच केही विद्यार्थीहरुको उत्कृष्ट नतिजा देखेर मधेसवासीमा आशाको किरण देखिएको उनले सुनाइन् ।
मन्त्री शर्माले मधेसको शिक्षामा सुधार ल्याउनका लागि प्रदेश सरकार स्थानीय सरकार तथा संघ सरकारसंग समन्वय गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा एसईई परिक्षामा ४ जिपिए ल्याएर धनुषा टप गरेका छात्र जयप्रकाश यादवलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया