लघुवित्त कम्पनीहरूले ग्राहक संरक्षण कोषमा तीन प्रतिशत रकम जम्मा गर्नुपर्ने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाले ग्राहक संरक्षण कोषमा मुनाफाको ३ प्रतिशत रकम छुट्याउनुपर्ने भएको छ । अहिलेसम्म लघुवित्तहरूले यस्तो कोषमा खुद मुनाफाको १ प्रतिशत मात्रै जम्मा गर्नुपर्ने व्यवस्था थियो ।

राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै मुनाफाको तीन प्रतिशत रकम ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो ।

संशोधित व्यवस्थाअनुसार आगामी तीन वर्षमा नाफाको ३ प्रतिशत यस्तो कोषमा जम्मा गर्नुपर्ने व्यवस्था भएको छ । २०८२ असारमा खुद मुनाफाको १.५ प्रतिशत, २०८३ असार मसान्तमा २ प्रतिशत र २०८४ असार मसान्तमा ३ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

यद्यपि, राष्ट्र बैंकले वार्षिक १५ प्रतिशतभन्दा धेरै नगद वा शेयर बोनस वितरण गर्दा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशत रकम ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था यथावत् राखेको छ ।

राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका

प्रतिक्रिया