स्रोत नखुलेको ४ लाख ४० हजार रकमसहित एक भारतीय पक्राउ

रौतहट । रौतहट जिल्लाको सदरमुकाम गौरबाट स्रोत नखुलेको रकमसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । गौर नगरपालिका– १ बाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले नेपाली रुपैयाँसहित भारतीय एक जनालाई पक्राउ गरेको हो ।

भारतको बैरगनियाबाट नेपालमा आउँदै गरेको भारतीय नम्बर बिअार ३० एसी ७०१४ नम्बरकाे मोटरसाइकल चेकजाँच गर्दा साथमा राखेको नेपाली रुपैयाँ एक हजारको ३९० थान नोट र ५ सयको १०० थान नोट गरी ४ लाख ४० हजार रुपैयाँसहित भारतकाे बिहार जिल्ला सीतामढ़ी बैरगनिया– ८ अशोगी टोल निवासी ४७ वर्षीय प्रदीपकुमार बर्मालाई संयुक्त गस्ती टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन् ।

पक्राउ परेका बर्माले बरामद भएको रकमको कागजात तथा स्रोत खुलाउन नसकेकाले नियन्त्रणमा लिएर कारवाहीको लागि मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया