हेटौँडा । काठमाडौं–मधेस जोड्ने द्रुतमार्ग अन्तर्गतको सुरुङमार्गमा ढुंगाले लागेर एक मजदुरको मृत्यु भएको छ । द्रुतमार्ग अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका– १२ चालिसे डाँडामा सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुंगाले लागेर बाराको निजगढ घर भएका २८ वर्षीय बिमल थिङको घटनास्थलमै मृत्यु भएको हो ।
बुधबार दिउँसो साढे ३ बजे भएको सो घटनामा थिङसँगै काम गरिरहेका तनहुँका राजु विक गम्भीर घाइते भएका छन् । ढाड र कम्मरमा चोट लागेका विकलाई उपचारका लागि हेटौँडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर
प्रतिक्रिया