वीरगन्ज । फोहोर फालेको विषयलाई लिएर वीरगन्ज महानगरपालिकाका नगर प्रहरीले शनिवार पावर हाउस नजिक रहेको प्राइम अटो ट्रेडर्सको मालिक माथि हातपात गरेका छन् ।
प्रहार डेली डट कमसँग कुरा गर्दै प्राइम अटो ट्रेडर्सको मालिक सचिन गुप्ताले नगर प्रहरीले आफूहरूमाथि ज्यादती सँगै हातपात गरेको बताएका छन् । मेरो अफिसको केही फोहोरहरू महानगरपालिकाको ट्राक्टरमा फ्याल्नका लागि आफ्नै अफिसको जमिनमा राखेको तर नगर प्रहरीले बिनाकारण आफूलाई हातपात गरेको बताएका छन् ।
उनले केही संख्यामा रहेको नगर प्रहरीहरूले आफ्नो अफिसको क्याबिनमा गुन्डागर्दी शैलीमा पसेर फोहोर फालेको निहुँमा जबर्जस्ती ५ हजार रुपैयाँको चिट काट्न लगाएको बताए । त्यस्तै उनले कुन नीति नियम प्रावधानको आधारमा सुरुमै महानगरपालिका ५ हजार रुपैयाँको चिट काटेको कुरा सोधेपछि नगरप्रहरीका सर्फुदिनले हातपात गर्दै अपहरण शैलीमा वीरगन्ज महानगरपालिका कार्यलय लगेको बताए ।
प्रतिक्रिया