रौतहट बारको अध्यक्ष र सचिव पदका लागि मतदान जारी

रौतहट । रौतहट जिल्ला अदालत बार एसोशिएसनको अध्यक्ष र सचिव पदका लागि मतदान सुरु भएको छ ।
बारको आफ्नै भवन गौरमा आज बिहान ११ बजेदेखि मतदान सुरु भएको हो ।

जिल्ला कार्यसमितिको १२ वटा पदमध्ये १० वटा पदमा निर्विरोध भए पनि अध्यक्ष र सचिव पदमा दुई–दुई जनाको उम्मेदवारी परेपछि प्रत्यक्ष प्रणालीअन्तर्गत मतदानको प्रक्रिया अपनाइएको प्रमुख निर्वाचन अधिकृत मोहम्मद मजरूल हकले जानकारी दिए ।

आज अपराह्न ४ बजेसम्म हुने मतदानमा ६२ जना मतदाता आफ्नो मत प्रयोग गर्ने छन् । मतदान सकिएपछि मतगणना आजै हुने बताइएको छ । अध्यक्ष पदमा अधिवक्ता हेमचन्द्र लाल कर्ण, सोनेलाल प्रसाद पटेल र सचिव पदमा अधिवक्ता हरिशचन्द्र पण्डित र सोनेलाल पासवान उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया