पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला

सिरहा । सिरहामा खेतमा रहेको पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको गोलबजार नगरपालिका– ८ बलकावा जाने बाटो छेउमा रहेको सगुन इटा भट्टा अगाडिको खेतमा पानीमा घोप्टो परेको अवस्थामा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

गोलबजार नगरपालिका–(८ सिडियो टोल बस्ने करिब ६० वर्षका मनोज थापा बहिरा भन्ने व्यक्तिको शव रहेको इलाका प्रहरी कार्यलय गोलबजारले जनाएको छ ।

बुधबार रातिदेखि हराएका थापाको शव आज गाउँभन्दा करिब एक सय मिटर दुरीमा रहेको खेतमा जमेको पानीमा फेला परेको हो । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ ।

प्रतिक्रिया