जनकपुरधाम । उच्च अदालत जनकपुरधाम आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मकै सबैभन्दा बढी मुद्दाको फस्र्याैट भएको छ ।
उच्च अदालत जनकपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०८०/०८१ मा ६५ प्रतिशत मुद्दा फस्र्याैट गर्ने लक्ष्य लिइएकोमा ७१ प्रतिशत बढी मुद्दा फस्र्याैट गरिएको जानकारी दिइएको छ । तोकेको लक्ष्यअनुसार उच्च अदालत जनकपुरले १६४ दशमलव ५७ प्रतिशतले बढी मुद्दाको फस्र्याैट गरेको हो ।
उच्च अदालतलाई ३ हजार ७२६ मुद्दा फस्र्याैट गर्न वार्षिक लक्ष्य तोकिएकोमा लक्ष्यभन्दा १ हजार ५३७ मुद्दा बढी फस्र्याैट भएको उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिए । आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ९७६ मुद्दा सरी आएका र ४ हजार ४२१ नयाँ मुद्दा दर्ता भई कुल ७ हजार ३९७ कुल मुद्दा मध्ये ५ हजार २६३ मुद्दा फस्र्याैट भएको उनले बताए ।
उच्च अदालतमा पुराना तथा नयाँ गरी २ हजार १३४ मुद्दा फस्र्याैट हुन बाँकी रहेको उच्च अदालत जनकपुरधामका अर्का न्यायाधीश महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।
उच्च अदालत जनकपुरधाममा जुन संख्यामा मुद्दाको फस्र्याैट गरेको छ त्यो देशका अन्य उच्च अदालतभन्दा बढी हुने अनुमान गरिएको छ । उच्च अदालत जनकपुरधामलाई भ्रष्टाचारमा शून्य सहनशीलताका साथ न्याय सम्पादनको काम भएको छ ।
प्रतिक्रिया