बागमतीमा बेपत्ता बालकको शव भेटियो

रौतहट । जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरस्थित बागमती नदीमा डुबेर बेपत्ता बालकको मंगलबार शव भेटिएको छ । घटना स्थलबाट करिब साढे तिन किलोमिटर दक्षिण गढीमाई नगरपालिका ७ धर्मपुर नजिक बागमती नदीको किनारमा हराएको बालकको शव भेटिएको हो ।

साथीहरूसँग बागमती नदीमा पौडी खेल्न गएको बेला पानीमा डुबेर बेपत्ता भएका थिए । गढीमाई नगरपालिका ३ निवासी हकुदीन कबाडीको छोरा १० वर्षिय सफर कबाडीको शव उद्दारमा खटेका टोलीले फेला पारेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटका प्रमुख सशास्त्र प्रहरी उपरिक्षक बिक्रम हुमागाईंले जानकारी दिए ।

घटनाको बारेमा जानकारी हुने बितिकै सशास्त्र प्रहरीको उद्दार टोली घटना स्थलमा पुगेर २ जना बालकलाइ सकुशल उद्दार गरेको र बेपत्ता भएको बालकलाइ नेपाल प्रहरी, नेपाली सेनासहितको संयुक्त टोली खोजी कार्यमा जुटेको सशास्त्र प्रहरी उपरिक्षक हुमागाईंले बताए ।

प्रतिक्रिया