जनकपुरधाम । असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई मधेस प्रदेश सरकारले १ लाख रुपैयाँका दरले राहत दिने भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति १ लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।
त्रिशूली दुर्घटनामा परी ज्यान गुमाउने मधेसका जिल्लाका पीडित परिवारलाई राहत दिने घोषणा गरिएको उनले बताए । मुख्यमन्त्री कार्यालयले सो निर्णयको घोषणा गरिसकेको छ । प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने उनले जनाएका छन् । यसका साथै उनले दुर्घटनामा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धारमा संघीय सरकारलाई आग्रह गरेको जनाकारी दिए ।
प्रतिक्रिया