दार्चुलाको शैल्यशिखर नगरपालिकाका २ जना कृषि प्राविधिक घुससहित पक्राउ

काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिकाका २ जना कृषि प्राविधिक घुससहित पक्राउ परेका छन् । अधिकृत मोहनसिंह धामी र अर्का कृषि प्राविधिक अशोकसिंह धामीलाई अख्तियारले ४ लाख १२ हजार नगदसहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ४५ लाख ६० हजार रुपैयाँको पाँच थान चेक र अशोकको नाममा काटिएको २ लाख ५० हजारका थप दुई थान चेकसमेत बरामद गरिएको अख्तियारले जनाएको छ ।

दुवै जनालाई कञ्चनपुरबाट खटिएको अख्तियारको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट सोमबार नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया