जनकपुरधाम । मधेस प्रदेशमा रहेका प्रयोगशालाहरुको गुणस्तर अझै बढाउन तर्फ ध्यान दिनुपर्नेमा एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । मधेसको जनस्वास्थ्य प्रयोगशालाले निजि तथा सरकारी प्रयोगशालाको मापदण्ड तथा गुणस्तर यकिन सम्बन्धि गोष्ठीमा बोल्दै वक्ताहरुले मधेसका प्रयोगशालाहरुले मापदण्ड पालन गर्नुका साथै गुणस्तर बढाउन तर्फ केन्द्रित हुनु आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रममा मधेसको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव झाले विभिन्न निजि प्रयोगशालाहरु दर्ता बिनै सञ्चालन हुनु चिन्ताको विषय रहेको बताए । उनले त्यस्ता प्रयोगशालालाई अबिलम्ब दर्ता प्रकृयामा आउन उनले आग्रह गरे । मधेसमा जनस्वास्थ्य प्रयोगशालाको स्थापनासंगै स्वास्थ्यमा फडको मारेको भन्दै खुशी समेत व्यक्त गरे ।
कार्यक्रममा मधेस जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. श्रवणकुमार मिश्रले मधेस प्रदेश सरकारले मधेशका १३६ पालिकामा नै प्रयोगशाला स्थापना गरेर विभिन्न सर्ने तथा नसर्ने रोगहरुको नियमित रुपमा परीक्षण गर्ने काम गरिरहेको जानकारी दिए ।
उनले रोगको पहिचान तथा निदानमा प्रयोगशालाको महत्वपूर्ण भूमिका रह्ने बताउँदै प्रदेश भरिमा स्थापना भएको प्रयोशालाहरुले दीर्घ रोगहरुको पहिचान तथा नियन्त्रणमा काम गरेर प्रदेशवासीलाई स्वस्थ्य राख्ने अभियनमा लागेको बताए । यसका साथै उनले प्रदेशको प्रयोगशालालाई देशभरीमै उत्कृष्ट प्रयोगशालाको रुपमा विकास गर्न पाउँदा गर्वको अनुभूति भईरहेको र प्रदेशवासीकै लागि गर्वको विषय रहेको बताए ।
कार्यक्रममा विभिन्न निजि प्रयोगशालाका प्रयोगशालाकर्मी, जनस्वास्थ्य प्रयोगशालाका उमेश चौधरी, गुणानन्द साह, रामेश्वर दास, जितेन्द्र साह, मेलानका प्रदेश अध्यक्ष सुरेश ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया