वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाट्ठामा एक बालिकाको नदिमा डुबेर मृत्यु भएको छ । बाख्रा चराउन गएकी स्थानिय आलिम राउत गद्दीको १० बर्षिया छोरी साजिदा खातुनको नदीमा डुबेर मृत्यु भएको हो ।
शुक्रबार दिउसो २ बजेको समयमा बाख्रा चराउन गएकी बालिकाको गाउँको पश्चिमपट्टी रहेको धुतहा नदीमा डुबेर मृत्यु भएको प्रहरी चौकी प्रसौनी भाट्ठाले जनाएको छ । नदीमा डुबेकी बालिकालाई प्रहरी र स्थानियले उद्धार गरी उपचारका लागी वीरगंजस्थित नारायणी अस्पालमा पठाएका थिए ।
उपचारको क्रममा नारायणी अस्पताल मै बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ । अहिले खातुनको शव परिक्षणको लागि नारायणी अस्पताल मै राखिएको छ ।
प्रतिक्रिया