जन्ती बोकेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

रौतहट । रौतहटको गाढीमाई नगरपालिका– ६ सिंगारमन धर्मपुरमा शुक्रबार बिहान जन्ती बोकेको भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

रौतहटबाट सर्लाहीतर्फ जाँदै गरेको एचआर ७० डी ८३८२ नम्बरको स्कारपियो नहरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

उक्त दुर्घटनामा काठमाडौं घर भएका ५५ वर्षीय कुलबहादुर श्रेष्ठ र सर्लाहीको चक्रघाटा गाउँपालिका– ३ सुन्दरपुरका रबिन्द्र पण्डितकी ७ वर्षीया छोरी स्वेता पण्डितको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

१२ जना सवार रहेको सो स्कारपियो दुर्घटना हुँदा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी सोही दुर्घटनामा ५ जना सकुशल रहेका छन् भने दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया