जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक प्रतिपक्षी दलहरूले रेडबुक संशोधनको माग गरेपछि अवरुद्ध भएको छ ।
प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा प्राविधिक त्रुटि भएको स्वयं सरकार पक्षले स्वीकार गरिसकेको उल्लेख गर्दै प्रतिपक्षी दलहरूले संशोधन नभएसम्म त्यस उपर छलफल गर्न नसकिने अडान लिएका थिए । शुक्रबार साढे २ बजे सुरु भएको बैठक सभामुख रामचन्द्र मण्डलले कार्यसूचीमा प्रवेशको चर्चा गर्ने बित्तिकै विपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् ।
प्रतिपक्षी भूमिकामा रहेका ४ दलले राखेको ३ बुँदे मागलाई सम्बोधन नगरिए बजेटसम्बन्धी कुनै पनि विषयमा छलफल अगाडि बढ्न नसक्ने लोसपाकी सांसद रानी तिवारीले बताइन् । त्यसको बाबजुद सभामुखले कार्यसूचीअनुसार बैठकको कारबाही अगाडि बढाउन खोजे पनि प्रतिपक्षी सांसदहरूले आसन ग्रहण नगरेपछि १० मिनेटका लागि भन्दै स्थगित गरिएको थियो ।
यता सभामुख मण्डलको पहलमा निकासका लागि बसेको सर्वदलीय छलफलपछि संसदीय कारवाही सुरु गर्ने सहमतिपछि पुनः बैठक सुरु भएको थियो ।
प्रतिक्रिया